कोरोना भाइरस परीक्षणबाट पनि थाहा नलाग्ने कारण

कोरोना भाइरस परीक्षणबाट पनि थाहा नलाग्ने कारण

२ वैशाख, काठमाडौं । कोरोना भाइरसलाई जडबाटै निर्मुल पार्न फल्स निगेटिभ रिपोर्ट चुनौती भएको विज्ञहरुले बताएका छन् । विरामीलाई कोरोनाभाइरस त संक्रमित हुन्छ तर परीक्षणमा थाहा लाग्दैन । कोभिड १९ को बदल्नसक्ने स्वरुपका कारण कुनै पनि परीक्षण शतप्रतिशत सही हुँदैन ।
 
स्याम्पलिङ लिने व्यक्ति पोख्त हुनुपर्छ, त्यसलाई प्रशिक्षित गर्नुपर्छ, विज्ञहरुको भनाइ छ । अमेरिकामा कोरोना परीक्षणका लागि सामान्य स्वास्थ्यकर्मी नभएर सम्बन्धित विज्ञलाई काममा खटाउने काम यसै कारण भएको भनिएको छ । 

कोरोना भाइरसको संक्रमणको दायरा विस्तारै बढ्दै गएको छ । भाइरस नाक, मुखबाट फोक्सोसम्म पुग्छ । यो स्थितिमा कोोना शरीरमा रहदारहदैं पनि स्वाव स्यैम्फल निगेटिभ आउन सक्छ । यदि निरन्तर तीन पटक लक्षण देखिएमा तीन पटकसम्म स्वाब सैम्पल लिने गरिन्छ । 
फोक्सोको सैम्पल लिने ब्रोकोएल्विओलर प्रक्रिया भन्छ । कोरोना भाइरस सम्बन्धी स्वयम् व्यक्ति नै सचेत र सतर्क हुनुपर्छ ।