‘कोरोना’ कतै गइरहेको छैन ‘मास्क’ होला २१औं शताब्दीको ‘नयाँ यथार्थ’ 

‘कोरोना’ कतै गइरहेको छैन ‘मास्क’ होला २१औं शताब्दीको ‘नयाँ यथार्थ’ 

काठमाडौ । १९औं शताब्दीमा ‘हैजा’ र २०औं शताब्दीमा ‘एचआइभी’ जस्ता महामारीले मानिसलाई सिकाएको व्यवहार सामाजिक बानी बने जस्तै नयाँ कारोनाभाइरस कोभिड–१९ले ल्याएको ‘मास्क’ २१औं शताब्दीको ‘नयाँ यथार्थ’ हुने भएको छ ।

अनुहारमा फेस्क मास्क लगाएर हिँडनुपर्ने मानिसको बानी हुनेछ । यो मानिसकको नयाँ यथार्थ हुने विश्व स्वास्थ्य संगठनका विशेषदूत डेभिड नबारउले बताएका छन् ।

बीबीसीलाई दिएको एक अन्तर्वार्तामा हुका विशेषदूत डेभिडले भने “ अनुहारको सुरक्षाका लागि मलाई लाग्छ यो सामान्य व्यवहार बन्न गइरहेको छ ।”

कोरोनाभाइरसबाट अहिलेसम्म १ लाख २० हजारको मृत्यु भइसकेको छ । ‘मास्क’ अब ‘नयाँ यथार्थ’ बनेको छ किनभने ‘कोरोना’ कतै गइरहेको छैन् ।

वैज्ञानिकहरूलाई कोरोनाको उपचारबाट निको भएपछि रोगीमा सामान्य प्रतिरोधी क्षमताको विकास गर्न  रोगी सक्छन् कि सक्दैनन भन्ने विश्वासमा ठेकान हुन नसकेको नबारउले बताए ।

कोरोनाभाइरस विरूद्धको खोप निर्माण गर्न विश्वलाई अझ पनि धेरै लामो बाटो तय गर्नुपर्ने छ । यस्तो अवस्थामा मानिसहरूलाई अहिले जे व्यवहार अपनाइरहेका छन् त्यो व्यवहार अपनाइरहनुपर्ने हुन्छ ।

मानव समाजमा भाइरस संक्रमणले एक ‘क्रान्तिकारी’ व्यवहार निर्माण गर्ने गरेको देखिन्छ । १८५०मा फोहर पानीले हैजा वा कोलरा हुने पत्ता लाग्यो । आज भन्दा करिब २५ वर्ष अघि एचआइभी÷एड्सको सम्बन्ध यौनसम्पर्क ‘सेक्स’सँग हुने गरेको पत्ता लाग्यो ।

कोभिड–१९को महामारी विश्वभरि फैलिएपछि ‘मास्क’को माग अन्य चिकित्सासम्बन्धी उपकरणसँगैअकासियो । अनि विश्वभर मास्कको अभाव हुन पुग्यो । 

स्वास्थ्य हेरचाहको क्षेत्रमा खटिने कर्मचारीहरूले सुरक्षाका लागि लगाउने गरेको ‘फेस मास्क’,  ग्लोभ र सुरक्षित पोशाक लगाएर हिँडनु परेको छ ।

तर आम मानिसले नियमितरूपमा ‘मास्क’ लगाएर हिँडनु पर्ने विषय अहिले सञ्चार र वैज्ञानिक क्षेत्रमा ठूलो बहस बनेर आएको छ । कतिपयले पर्याप्त सुरक्षा दिन नसकने व्यापारिक हिसाबले उपलब्ध हुने ‘मास्क’ कोरोनाभाइरस जस्ता सरूवा रोगका लागि अर्थहीन हुने तर्क गर्छन् ।

तर कतिपयले यस्ता ‘मास्क’ले विशेषगरी भीड हुने ठाउँमा काम गर्ने तर्क गर्छन् । 

विश्व स्वास्थ्य संगठन हुले पनि ‘मेडिकल मास्क’का कारण कोरोनाभाइरस जस्ता श्वासप्रश्वाससम्बन्धी सरूवा रोगलाई सिमित गर्न सक्ने विषयलाई व्यवस्थित गर्छ ।  

मास्कको प्रयोग मात्रै यसलाई सिमित पर्याप्त नहुने भन्दै हुले ‘मास्क’बाट सरूवा रोगबाट आफूलाई  जोगाउन सक्ने विश्वास गरेको छ ।