अमेरिकामा २४ घण्टामा १५ सय मरे, मृतक संख्या २३ हजार नाघ्यो

अमेरिकामा २४ घण्टामा १५ सय मरे, मृतक संख्या २३ हजार नाघ्यो
एजेन्सी, २ बैशाख । कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ। वल्डोमिटरको आज विहानको तथ्यांक अनुसार त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ३ सय ७७ छ। विगत २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्। त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ। त्यहाँ विगत २४ घण्टामा ५ सय ८३ जनाको ज्यान गएको छ। इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ। इटालीमा संक्रमितको संख्या १ लाख ६० हजार छ। त्यस्तै स्पेनमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ भने त्यहाँ विगत २४ घण्टामा ७ सय १७ ले ज्यान गुमाएका छन्। विश्वमा मृतकको संख्या १ लाख १९ हजार ५ सय ८७ रहेको छ भने १९ लाख २३ हजार भन्दा बढी संक्रमित छन्। विश्वभर ४ लाख २३ हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन्।