सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ, २ बैशाख । काठमाण्डौको काडाँघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  


एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। सनसिटीमा बस्दै आएका  उनीहरुलाई र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमूना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो।

दुईजनाको रिपोर्ट पोजेटिभ आएको र एकजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ । उनीहरु गएको चैत ५ गते बेलायतबाट फर्किएका हुन् । हिजो आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष र ८१ बर्षिया महिलामा  पोजेटिभ देखिए पछि पीसीआर विधिबाट थप परिक्षणहि गरिएको हो ।

उनीहरु तीनै जना अहिले पाटन अस्पतालको आइसोलेशनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाटन अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरूको परिक्षण आजैदेखि सुरू गरिएको जनाएको छ ।