आफ्नो दोष लुकाउन ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनको कोष रोक्का
काठमाडौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको स्वास्थ्य नियोग विश्व स्वास्थ्य संगठनको कोष कटौती गर्ने आदेश दिएका छन् ।
साथै ट्रम्पले संगठनले कोभिड–१९को विषयमा गर्नुपर्ने काम नगरेको र चीनले लुकाएको सूचनालाई प्रोत्साहन गरेको आरोप लगाएका हुन् ।
ट्रम्पले भने “ आज मैले मेरो प्रशासनलाई विश्व स्वास्थ्य संगठनलाई दिइने कोष कटौती गर्न आदेश दिइरहेको छु ।” ह्वाइट हाउसमा जानकारी दिने क्रममा ट्रम्पले यस्तो बताए ।
गत साता ट्रम्पले हुलाई अमेरिकाबाट दिइने कोष कटौती गर्ने चेतावनी दिएका थिए ।
४० करोड देखि ५० करोड अमेरिकी डलर बराबरको कोष अमेरिकाले दिने गरेको छ ।
ट्रम्पले डिसेम्बरमा फैलिएको कोरोनाभाइरसका बेला भएको गतिविधिको जानकारी बेला बेलामा समयानुकूल दिनुपर्ने जानकारी विश्व स्वास्थ्य संगठनले नदिएको आरोप लगाए ।
यस अघि ट्रम्पले कोष रोक्का गर्ने चेतावनीका विषयमा संगठनका महानिर्देशक टेड्रोज अधानोम गेब्रयससले ट्रम्पलाई भाइरसको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।
यस विषयको राजनीति गर्दा त्यसको परिणाम धेरै भन्दा धेरै मानिसको ज्यान जाने हुन्छ उनले चेतावनी दिएका थिए ।
वर्षौ अघि अमेरिकी गुप्तचरले गरेको सरूवा महामारीबारे अमेरिकाले बेवास्ता गरेको र ट्रम्प प्रशासनले सन् २०१९मा भाइरससम्बन्धी अध्ययन परियोजना प्रिडेक्टलाई दिइने कोष बन्द गरेको थियो ।
प्रतिक्रिया