चिनियाँ प्रयोगशालाबाट कोरोना निस्केको कथन पेन्टागनद्वारा अप्रमाणित
काठमाडौ । चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोनाभाइरस कोभिड–१९ निस्केको कथन अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गर्न सकेको छैन् ।
अमेरिकी सेनाको प्रमुखले यो विषयलाई प्रमाणित गर्न भरमग्दुर प्रयास गरेपनि यो विषय पुष्टि हुन नसकेको बताएका छन् । उनले यो प्राकृतिकरूपले फैलिएको विषयमा संकेत गरे ।
अमेरिकी सेनाको संयुक्त प्रमुखहरूका अध्यक्षले पत्रकारहरूलाई दिएको जानकारीमा यस्तो बताए । जनरल मार्क मिलेले यस्तो बताए । सेनाको ज्वाइन्ट स्टाफ सर्जन ब्रिगेडिएर जनरल पाउल फेड्रिकले चिनियाँ प्रयोगशालाबाट निस्केको भनाइसम्बन्धी प्रश्नको जवाफमा ‘होइन’ भनि जवाफ दिएका थिए ।
यसअघि अमेरिकी पक्षधरहरूबाट कोरोनाभाइरस चिनियाँ प्रयोगशालाबाट निस्केको चर्चालाई अगाडि बढाइएको थियो ।
अमेकिी सिनेटर टम कटनले यस्तो विषय उठाएपछि त्यसको जवाफमा चीनको तर्फबाट कठोर प्रतिक्रिया सार्वजनिक भएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले गत महिना यो भाइरस अमेरिकाबाट आएको हुन सक्ने बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो भाइरसलाई “ चिनियाँ भाइरस” भनी टिप्पणी गर्दा यसको विश्वभर व्यापक आलोचना भएको थियो ।
प्रतिक्रिया