कोरोनाका बिरामीलाइ चलाउने औषधि नेपालसँग कति छ ?

कोरोनाका बिरामीलाइ चलाउने औषधि नेपालसँग कति छ ?

कोरोनाको माहामारीले गर्दा पछिल्लो समय औषधिको खपत निकै घटेको औषधि उत्पादक संघले जनाएको छ। अहिले अस्पतालमा धेरै विरामी नै नरहेकाले औषधिको खपत घटन पुगेको हो । 

पछिल्लो समय भारतबाट समेत औषधि आयात नभएपनि अझै ३ महिनालाई पुग्ने औषधि स्टक रहेको औषधि उत्पादक संघले जनाएको छ । कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने मुख्य दुई औषधि पारासिटामोल र एजिक्ट्रोमाइसीन अझै ३ महिनाभन्दा धेरैलाई धान्न सकिने स्टक नेपालमै रहेको छ।

अहिले भारतले समेत निर्यात खोलिसकोको छ भने नेपालमा पनि आन्तरिक उत्पादन भइरहेको छ। यसले गर्दा आगामी दिनमा विरामीलाई औषधिको समस्या हुँदैन। प्यारासिटामोल इन्जेक्सनमा समेत तत्काललाई समस्या नआउने औषधि उत्पादक संघले जनाएको छ । 

ठूला अस्पतालहरुमा धेरै विरामीहरु भर्ना नभएकोले औषधिको खपत पहिलेको भन्दा निकै न्यून छ। जसले गर्दा आन्तरिक स्ष्टकमा रहेको औषधि नै अहिले पर्याप्त देखिन्छ । 

विश्वव्यापी महामारीको रूपमा देखिएको कोरोना भाइरसको असर पर्न थालेसँगै भारतले गत फागुन २० गतेदेखि २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएको थियो तर प्रतिबन्ध लगाएको केहि दिन पश्चात नै पारासिटामोल बाहेकका सबै औषधीको निर्यात खोल्यो।

कोरोना भाइरस माहामारीका रुपमा फैलन थालेपछि आन्तरिक बजारमा औषधिको अभाव हुने भन्दै विभिन्न औषधिको निर्यात रोकेको थियो। पछिल्ले समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ।