सप्तरीमा दुई जनालाई देखियो कोरोना
राजविराज, ३ बैशाख । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा सप्तरीमा दुई जनाको नतिजा पोजटिभ देखिएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार ७ जनाको आरडिटि टेस्ट गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
७ मध्ये २ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए । उनीहरु सप्तरीकै स्थायी बासिन्दा भएको जनाइएको छ । उनीहरु सबैको स्वाबको नमुना संकलन गरी परिक्षण गर्न मंगलबारै धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
भारतका विभिन्न स्थानमा बसोबास गर्ने उनीहरुलाई मस्जिदमै क्वारेन्टाइनमा राखिएको सप्तरीका डिएसपी तिलक भारतीले बताए। उनीहरुसहित सप्तरीमा १२ जना भारतीय नागरिक क्वारेन्टाईनमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रतिक्रिया