समस्या कहिल्यै ठूलो हुँदैन
पद्मप्रसाद शर्मा
“शास्त्रप्रयोजनं तत्वदर्शनम्” अर्थात तत्व जान्नका लागि शास्त्रको ज्ञान हुन आवश्यक छ । जसको मन मस्तिष्कमा शास्त्रको ज्ञान हुन्छ त्यसैले तत्वको ज्ञान गर्दछ । तत्वको ज्ञान नभएर शास्त्रको वारेमा जान्न सकिदैन । मनमा ज्ञान नभएर तत्व जान्नमा मति लाग्दैन । यो दोहरो कुरा हो । जसले शास्त्रको ज्ञान गर्दछ त्यसका लागि समस्या कहिल्यै ठूलो हुँदैन । यो दुुनियाँमा समस्या नभएको कुनै मुलुुक, समुुदाय र ब्यक्ति हुँदैन । यो सत्य कुरा हो । समस्या कसैको सानो होला त कसैको ठूलो होला मात्राको फरक मात्र हो । समस्या नभएको न कुुनै राज्य छ न त कुनै ब्यक्ति वा समुुदाय छ । समस्या सबैका आ–आफ्नै हुन्छन् कसैका समस्या समान हुन्छन् भने कसैका समस्या फरकफरक हुन्छन् ।
यो भन्दा पहिले फरकफरक समस्या ब्यहोरेको भए पनि अहिले विश्वका सबै मुुलुक र सबै ब्यक्ति अनि समुुदायले एकै खालको समस्या ब्यहोरिरहेको अवस्था छ । अहिलेको विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिट १९ले आक्रान्त नबनाएको कुुनै मुुलुक छैन । अहिलेको यो विश्वव्यापी साझा समस्या हो ।
कहिलेकहीं सूर्यमा र चन्द्रमामा ग्रहण लाग्छ यो विश्वाव्यापी हुन्छ । चन्द्र ग्रहण कुनै मुुलुकमा हुने र कुनै मुुलुुकमा नहुने भन्ने हुँदैन । कतै देखिएला कतै नदेखिएला त्यो फरक कुरा हो तर संसारभरका लागि ग्रहण लाग्ने भनेको एकै पटक हो । जव सूूर्यमा ग्रहण लाग्छ तव त्यसबाट आएको प्रकाश छेकिन्छ । जहाँ प्रकाश छेकिन्छ त्यहाँ आमावश्यको दिन भए पनि पूर्णिमाको दिन भए पनि अन्धकार नै हुन्छ । यो अन्धकार धेरै समय रहँदैन । ग्रहण लाग्यो भनेर हामी कहिल्यै छटपटाएको रेकर्ड नै छैन । अखिर हामी छट्पटाउनुुको अर्थ पनि केही रहँदैन । ठीक समयमा लाग्छ ठीक समयमा आफै छोड्छ ।
हामी जति अत्तालिए पनि ग्रहणबाट मुुक्त भइदैन । अहिलेको समस्या र ग्रहणमा थोरै फरक छ । अहिलेको विश्वव्यापी समस्याबाट छिटो पार पाउने धेरै तरिकाहरुमध्यको एउटा सरल तरिका भनेको एकान्तवास रहेछ । भाइरसबाट संक्रमित भएकाहरुलाई निषेधावधि वा पृथक राखेर उपचार गर्ने अनि बाँकी अन्य समस्त मानिसहरु सिमावन्दीमा रहने । यसबाट पार पाउने उत्तम उपाय यही रहेछ ।
यो भन्दा अगाडि कुुनै पनि मुुलुकले यति ठूलो समस्या भोगेको थिएन । विश्वयुुद्धका समयमा अमेरिकाले हिरोसिमा र नाकासाकीमा बम वर्षा गराएर दुुबै शहरका वासिन्दामा समस्या खडा गरेको हो तर अरु क्षेत्रमा नोक्सान व्यहोर्नुु परेन । मानसिक पीडा ब्यहोर्ने एउटा कुरा भयो । प्रत्यक्ष आफैले भोग्ने दोश्रो कुरा भयो । तर यतिवेला दुुबै कुरा भएको छ । आफै पनि ब्यहोर्ने र अरुको पीडा पनि सुन्ने अवस्था आएको छ । तर यसलाई सहज तरिकाबाट हेर्ने हो भने कुनै साधारण तरिकाले यसलाई नियन्त्रण गर्न सकिने रहेछ तर हामीले आफूलाई आफै बुुझ्न नसकेका कारणले यो भयावह बन्न पुुगेको छ । यसको सरल तरिका सबैले पालना गर्ने हो भने यो कुुनै ठूलो समस्या हुँदै होइन ।
संसारका अन्य मुुलुकको अवस्था हेर्दा कतै भयावह देखिन्छ । ठूलो जनको नोक्सान भएको छ । किन त्यसो भइरहेको छ भन्ने कुरातर्फ ध्यान दिंदा उनीहरुले सामाजिक दूरी कायम गर्न सकेनन् । आपसी सद्भाव कायम राख्न सकेनन् । यति विधि ठूलो संक्रमणको रुप लिन्छ भन्ने अनुुमान समेत गर्न सकेनन् । त्यसकारण यति जटिल अवस्था व्यहोर्नु परेको छ । समयमा यसको सरल उपाय लागुू गरेको भए अहिलेको अवस्थामा पुुग्नु पर्ने थिएन ।
नेपाल सरकारले समयमा यसको समाधान र निवारणका लागि एकान्तवासको आरम्भ गर्न पुुग्यो । सरकारप्रति धन्यवाद ज्ञापन गर्नुु पर्दछ । सरकारले लागुू गरेको कार्यलाई हामी नेपालीले गम्भिरतापूर्वक लिन सकेनौं । यो त पहिलेको जस्तो कुनै राजनीतिक दलले गरेको वन्दको जस्तो आभास भयो । त्यसैले कतिले बजार क्षेत्रमा आफ्ना सवारीका साधनहरु कुदाउन पुुगे भने कति पैदल बाटो हिंड्न सकिन्छ भन्ने लागेर लखरलखर आफू खुुशी बाटोमा आफूलाई उतारे । समस्या यहींनेर छ । सरकारले उपचारको लागि वन्दावन्दीको घोषणा गरेको हो तर केही नागरिकहरुमा यो पहिले जस्तै कुनै राजनीतिक दलले गरेको नेपाल बन्द वा यातायात वन्द या बजार वन्द भन्ने सोंचाइ राख्न पुुगेकाले यो अलिक जटिल बन्दै छ । राज्यले लागू गरेको लकडाउनको पालन चैत्र ११गतेदेखि नै आम नागरिकले पूर्णरुपमा पालना गरेको भए संक्रमितको संख्या बढेको समाचार सुन्न पाइने थिएन । जतिवेला नेपाल सरकारले लकडाउनको घोयषण गरेको थियो त्यसै समयदेखि यो उपचार विधि हो र हामीले नै पालना गर्ने हो । हाम्रो सुरक्षाको लागि भारत वा पाकिस्तानका नागरिकले लकडाउनको पालन गरेर मात्र हुँदैन भन्ने कुुरा सयमा हामीले बुझाउन सकेनौ वा केहीले बुुझेर पनि त्यसलाई आफैमा पचाएर आफूलाई बाटोमा सामाजिक दूरीमा राख्न सकेनन् । अहिले हामीले जे सुुनेका छौं र जे भोगेको छौं वर्तमानले त्यसको संख्या बढ्ने सम्भावना देखाउँछ ।
वास्तवमा कोरोनाबाट बच्नका लागि जति सामाजिक दूरी बढाउन सक्यो त्यति नै यसबाट पार पाइने रहेछ । एकान्तवासको महत्व बुुझेकाले र बुुझ्न सक्ने जस्ताले पनि यसको उल्लंघन गरिरहेको अहिले पनि देख्न पाइन्छ । यो अवस्था देख्दा दुुःख लाग्छ । अहिले पनि केही व्यक्तिहरु पूरै अराजक भएको जस्तो लाग्छ । जो नियम उल्लंघन गर्दै हिंडेका छन्, उनीहरु नै सामाजिक दूरी कम गर्न चाहेका छैनन् । कतिले त सरकारले अनावश्यक बोझ थोपरेको आरोप पनि लगाउने गरेका छन् । आफू खुशी विनाकाममा बाटोमा हिंडेर बहादुुरी गरेको जस्तो चेहरामा यस्ता कुराहरु देखिन्छन् । अव लकडाउन उल्लंघन गर्नेहरुलाई ठाउँको ठाउँ कुुनै नसिहत दिने व्यवस्था नमिलाउँदासम्म यो लकडाउनको कुनै औचित्य हुुने छैन । यो विश्वव्यापी महामारी कुुनै ठूलो समस्या होइन । न लकडाउन नै समस्याका लागि घोषणा गरिएको हो । यसलाई उपयोग गर्न लगाउन नसकेर अनि विश्वको क्षतिलाई हामीले ठूलो समस्या देख्ने यी दुुवै हामी आफैमा रहेका समस्या हुन । समस्या कहिलै ठूलो हुँदैन । शास्त्र जान्नेका लागि तत्वको आवश्यकता भए जस्तै यसलाई सहज बनाउने कुुराको तत्व बुुझाउन जरुरी छ । कुुरा बुुझाउने जिम्मा भनेको सचेत नागरिकको हो । यो एक दुुई जनाले पालना गरेर मात्र हुँदैन भन्ने कुुरा आजै जान्न आवश्यक छ । धन्यवाद !
प्रतिक्रिया