आरडीटी टेष्टमा पोजिटिभ पाईएका सप्तरीको दुई जनामा पीपीआर टेष्ट गर्दा नेगेटिभ आयो

आरडीटी टेष्टमा पोजिटिभ पाईएका सप्तरीको दुई जनामा पीपीआर टेष्ट गर्दा नेगेटिभ आयो

र्यापिड डाइनोष्टिक टेष्टमा कोरोना पोजिटिभ पाईएका सप्तरीका दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पीपीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
भारतको दिल्ली मरकजबाट फर्केका ७ जनाको हिजो मंगलवार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ¥यापिड डाइनोष्टिक टेष्ट गर्दा दुई जनामा कोरोना पोजिटिभ र अन्य ५ जनामा नेगेटिभ पाईएको थियो । 

आरडीटी गरिएका सातै जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणका धरान पठाईएकोमा आज साँझ आएको सबैको रिपोर्ट नेगेटिभ आएको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

राजविराजमा गरिएको आरडीटी जाँचबाट दुई जनामा कोरोना पोजिटिभ पाईपछि जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले दुबैको स्थायी ठेगाना सप्तरीको खडक नगरपालिका  वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ लाई शिल गर्दै सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।

दुई साता अघि विभिन्न सिमानाका भएर सप्तरी प्रवेश गरेकाहरुको स्थानीय प्रशासनको सक्रियतामा खोजी गर्ने क्रममा घरमै बसिरहेको अवस्थामा फेला पारेर क्वारेन्टाईनमा पु¥याईएको हो । 

भारत लगायत विदेशबाट आएका शंकास्पद व्यक्तिहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । यस अघि अस्पतालमा १० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाईएको थियो ।