एक महिनाअघि नेपाली कामदारलाई बलजफ्ती कतारबाट निकालिएको खुलासा

एक महिनाअघि नेपाली कामदारलाई बलजफ्ती कतारबाट निकालिएको खुलासा

३ वैशाख, काठमाडौं । कोरोना संक्रमणको जाँच गर्ने भन्दै विदेशी कामदारलाई कतारबाट आफनै देश फर्काइएको एम्नेस्टी इण्टरनेशनलले खुलासा गरेको छ । 

२० जना कामदारलाई अन्तर्वार्ता लिएको र सयौंलाई जेल चलान गरिएको एम्नेस्टी इण्टरनेशनलको हवाला दिदैं बीबीसीले जनाएको छ ।

कोरोना परीक्षण गर्न भनेर लगियो, प्रहरीले समात्यो र पछि नेपाल पठायो, कामदारले बताएका छन् ।  

२० जनासँग कुरा गर्दा उनीहरुलाई किन समातियो, किन हिरासतमा राखेर पछि नेपाल पठाइएको बारेमा आफूहरुलाई थाहा नभएको बताएको जनाइएको छ । 

घरतिर पठाउँदा आफ्ना सामान पनि ल्याउन नदिएको कामदारले गुनासो गरेको बीबीसीले जनाएको छ । 

मार्च १२ र १३ विहीवार र शुक्रवार सयौंलाई गिरफ्तार गरियो, तिनीहरुलाई कतारको राजधानी दोहाको औद्योगिक क्षेत्रमा थुनियो । भुइँमै राखियो, खाना र पानी समेत राम्रोसँग दिइएन, दिनमा एक पिस पाउरोटीमात्र दिइयो, त्यहाँ गरिएको अमानवीय व्यवहारका बारेमा कामदारहरुको भनाइलाई उद्धेत गर्दै समाचा दिइएको छ । 

केहीलाई १५ र केहीलाई १९ मार्चमा हठात नेपाल पठाइएको समाचार छ । उनीहरुले आफूले काम गरेको ठाउँबाट तलब समेत लिन नपाएको गुनासो गरेका छन् । 

कतारका अधिकारीले कामदारहरुले अवैधानिक सामान बेचविखन गरेको अभियोग एम्नेस्टीसँग लगाएका थिए । एम्नेस्टीले उनीहरुलाई गिरफ्तार गरेर प्रहरीले लिएको वयान पढ्दा कुनै अवैधानिक काम गरेको नपाएको एम्नेस्टीले बताएको छ ।