विश्व युद्ध विरामका लागि फ्रान्सेली राष्ट्रपतिको  प्रयास

विश्व युद्ध विरामका लागि फ्रान्सेली राष्ट्रपतिको  प्रयास

काठमाडौ । फ्रान्सेली राष्ट्रपति एम्मानुएल म्याक्रोनले कोरोनाभाइरस वैश्विक महामारीका बेला एक वैश्विक युद्ध विरामका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

आफ्नो प्रयासलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको साथ सहयोग रहने राष्ट्रपति म्याक्रोनले विश्वास व्यक्त गरेका छन् ।

फ्रेन्च रेडियोमा बोल्दै म्याक्रोनले यो अभियानमा सहमतिका लागि संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्यहरूको समर्थन आवश्यक हुने बताए। पाँच स्थायी सदस्यहरू मध्ये केहीको विश्वास आफूले प्राप्त गरेको उनले बताए ।

संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुइएटेरेसले एक वैश्विक युद्ध विरामको आह्वान गरे अनुसार म्याक्रोनले यो प्रयास गरिरहेका छन् ।

बहुआयामिक रेडियो अन्तर्वार्तामा यो युद्ध विरामको बोर्डमा रूसले सहमति जनाउन बाँकी रहेको खुलाए । चीन, अमेरिका र बेलायत बोर्डमा आइसकेका छन् ।

उनले भने “चिनियाँ राष्ट्रपति सी चिनफिङ,राष्ट्रपति ट्रम्प ,प्रधानमन्त्री बोरिस जोन्सनले यो सम्झौताप्रति मलाई विश्वास दिलाउनु भएको छ । आशा छ राष्ट्रपति पुटिनले पनि निश्चय नै सहमति दिनु हुनेछ ।”

तर उनले यस विषयमा विश्वका नेताहरूसँग भएको विषयमा विवरण केही खुलाएनन् ।

राष्ट्रपति पुटिनका प्रवक्ता दम्त्रिी पेस्कोभले विज्ञहरूको तहमा कुटनीतिज्ञहरूसँग छलफल भइरहेको छ । हामीले सहभागीता जनाउन अघि यो छलफल भइरहेको छ । कुरो मिले यससन्दर्भमा संयुक्त वक्तव्य सार्वजनिक हुने पेस्कोभले व्यक्त गरे ।

राष्ट्रसंघीय महासचिवको आह्वानका बारेमा बेलायतले दुई साता अघि एक योजनामा हस्ताक्षर गरेका छन् ।

बेलायती विदेशमन्त्रीका प्रवक्ताले वैश्विक युद्ध विरामको आह्वानलाई बेलायतले समर्थन गर्ने जनाए । 

युद्धग्रस्त देशहरूमा स्वास्थ्य प्रणाली ध्वस्त भएको र बाँकी रहेका केही स्वास्थ्यकर्मी पनि पलायन हुने अवस्थामा रहेको भन्दै महासचिवले मार्च २३मा यो आह्वान गरेका थिए ।

अप्रिल ३मा फेरि वैश्विक युद्ध विरामका लागि आग्रह गरेका थिए ।