कोरोनाभाइरस विरूद्धको लडाईंमा सशस्त्र नेटो

कोरोनाभाइरस विरूद्धको लडाईंमा सशस्त्र नेटो

मनिलिओ दिनुची

अप्रिल २ का दिन नेटो सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको ‘भिडियो कन्फ्रेन्स’ बैठक भयो । बैठकले युरोपमा संयुक्त सेनाका सर्वोच्च कमान्डर अमेरिकी जनरल टोड वोल्टर्सलाई कोरोनाभाइरस विरूद्धको लडाईंमा आवश्यक सैनिक सहयोगको समन्वय गर्न निर्देश ग¥यो ।

वोल्टर्सले  अमेरिकामा फेब्रुअरी २५का दिन घोषणा गरेका थिए “परमाणु सैनिकहरूले युरोपमा हरेक अमेरिकी सैनिक अपरेशनलाई सहयोग गर्दै आएका छन् र म परमाणु हातहतियारको पहिले उपयोग गर्ने लचिलो नीतिको प्रशंसक हुँ, त्यो भनेको अकस्मात परमाणु आक्रमण हो ।

जनरल वोल्टर्स नेटोका सार्वोच्च कमान्डर र युरोपेली कमान्डका अमेरिकी सेना प्रमुख  हुन् । यस आधारमा उनी ठोस प्राथमिकता सहितका पेन्टागनको चेन अफ कमान्डका व्यक्त हुन् । यसको कठोर कानुनको प्रमाण हालै कोरोनाभाइरस फैलिरहेको बेला अनुदान सहयोगका लागि आग्रह गरी सेनाको सुस्त विधि भंग गर्दा कमान्डबाट ब्रेट क्रोजियरलाई विस्थापित गरिएको दृश्यबाट पुष्टि भयो ।

कोरोनाभाइरस विरूद्धको लडाइँ लड्न जनरल वोल्टर्ससँग नागरिक उडानहरू झण्डै हराइरहेका बेला युरोपको हवाई क्षेत्रलाई सेनाका विमानका लागि द्रुतगतिका मार्गहरू रहेका छन् ।

द्रुत गतिका मार्गहरू पनि परमाणु आक्रमणका लागि अमेरिकी रणनीतिक बम वर्षक बी २–स्प्रिटका लागि प्रयोग गरिन्छन् । मार्च २० का दिन ती बमवर्षकहरू इंग्ल्यान्डको फेयरफोर्डबाट उडेर नर्वेली एफ–१६ लडाकू विमानका साथ आक्र्टिकका रूसी भूभाग तर्फ उडान भरे । यो बाटोमा युरोपमा अमेरिकी वायु सेनाका उपकमान्डर जनरल बाशाम विश्लेषण गर्छन– “यस क्षेत्रका खतराहरूप्रति विश्वमा जहाँ पनि लडाकू शक्ति ल्याउन सक्ने हाम्रो निर्णयको प्रदर्शन गरिरहने गरी तत्काल र प्रभावकारी ढंगबाट प्रतिक्रिया जनाउन सक्छौ ।”

युरोपमा कोरोनाभाइरस विरूद्धको लडाईमा नेटो प्रतिबद्ध भइरहदा युरोपेली गठबन्धनका दुई महत्वपूर्ण शक्ति फ्रान्स र ग्रेट ब्रिटेनले आफ्ना युद्धपोतहरू क्यारिबियन तर्फ पठाए ।

जलथल दुबैमा आक्रमण गर्न सक्ने लडाकु जहाँ डिक्समन्ड टुलोनबाट अप्रिल ३ मा फ्रेन्च गुएनातर्फ हिँडयो जसलाई  फ्रान्सेली राष्ट्रपति म्याक्रोनले  अभूतपूर्व सैनिक अपरेशन भन्छन् । कोरोनाभाइरस विरूद्धको लडाईंका लागि यो कार्य ढाँचालाई ठोस कार्य ढाँचा भनियो ।

डिक्समन्डको दोस्रो कार्य  भनेको जहाजमा ६९ बेड र ७ आइसीयूसहितको अस्पताल सञ्चालन गर्न सक्नु हो । २ सय मिटर लामो र ५ हजार वर्गमिटरमा फैलिएको उडान डेक सहितको यो लामो जहाजको प्राथमिक भूमिका भनेको सामुद्रिक किनारामा पुगिरहेका शत्रुसँग जलथल दुबै ढंगबाट लड्न दर्जनौ हेलिकप्टर र स्थल सेनालाई ओसारपसार गर्न वाहन सशस्त्र गाडी परिचालन गर्नु हो ।

यस्तै क्षमता र गुण विशेष भएको बेलायती जहाज आरएफए अर्गस ब्रिटिश गुएनाबाट अप्रिल २ मा हिँड्यो ।

यी दुई युरोपेली पानी जहाज भेनेजुएलाको जलक्षेत्र भएको उही क्यारिबियन क्षेत्रमा स्थान लिने छन् जहाँ अमेरिकी राष्ट्रपति ट्रम्पले पठाएका अमेरिकी  जलसैनिकका लागि इटालियन कम्पनी लिओनार्दो कम्पनीले बनाएका सर्वाधिक आधुनिक सामुद्रिक किनारामा लड्ने पानी जहाजका बेडा लागू औषधिको कारोबार रोक्न आई पुगिरहेका छन् । 

ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरोले कोरोनाभाइरस संकटको नाममा लागू औषधको कारोबार बढाउन फाइदा उठाइरहेको र आफ्नो लागू औषधको राज्यलाई वित्तीय सहयोग गरिरहेको आरोप लगाउँछन् । नेटो समर्थित यो अपरेशनको उद्देश्य भनेको विश्वको सबै भन्दा बढी तेल भण्डार रहेको देशको रूपमा चिनिएको र कारोनाभाइरस महामारी आक्रामक रूपमा फैलिन शुरू भएको देश भेनेजुएलामाथिको आर्थिक नाकाबन्दीलाई अझ कडाइ गर्नु हो ।

यसको उद्देश्य भनेको नियमितरूपमा निर्वाचित तथा अमेरिकाले डेढ करोड अमेरिकी डलर बराबरको पुरस्कार थपी अपराधी घोषित राष्ट्रपति मदुरोलाई विस्थापित गर्नु र अमेरिकी वर्चस्वको घेरामा रहने गरी कुनै सरकार स्थापित गर्नु हो । यो घटनालाई भेनेजुएलामाथि आक्रमण गर्ने पूर्व तयारी भएको आशंकाबाट टाढा राख्न सकिदैन । कोरोनाभाइरसको संकटले यस्ता अपरेशनका लागि सहज हुने अन्तर्राष्ट्रिय शर्तको निर्माण गर्छ र सम्भवतः मानवीयताका लागि प्रस्तुत गरिनेछ ।

यो पनि पढ्नुहोस,

विश्व युद्ध विरामका लागि फ्रान्सेली राष्ट्रपतिको  प्रयास