पश्चिम बंगालद्वारा मेची नाका सिल, आयात–निर्यात अनिश्चित कालको लागि रोक्का 

पश्चिम बंगालद्वारा मेची नाका सिल, आयात–निर्यात अनिश्चित कालको लागि रोक्का 

नेपालको पूर्वी नाकाबाट हुँदै आएको अत्यावश्यक आयात निर्यात रोकिएको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको कारण देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको उक्त नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ । 

प्राप्त जानकारी अनुसार बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन हो । पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका हुन् । नाकामा आएर थन्किएका वस्तुलाई रि–रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएका छन् ।

भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ। लकडाउनको समयमा पनि उक्त नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात हुँदै आएको थियो ।

नाका खोल्न कुटनीतिक पहल :
केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका बन्दबारे पत्राचार गरिएको छ ।

दिल्ली स्थित नेपाली दूतावासबाट समेत पहल थालिएको मेची नगर भन्सार कार्यालयले जनाएको छ ।