'ऊ दिन तिमी कहाँ थियौ ? अर्कालाई सुन्न पनि त सिक, इतिहासको पुर्पक्ष आफ्नै छ'

'ऊ दिन तिमी कहाँ थियौ ? अर्कालाई सुन्न पनि त सिक, इतिहासको पुर्पक्ष आफ्नै छ'

काठमाडौं, ४ बैशाख । हालको संघीय संसद सदस्य तथा पूर्व विद्यार्थी नेतृ रामकुमारी झाँक्री यथार्थ बोल्ने र लेख्ने एक जुझारु सांसद हुन् । उनले सामाजिक सञ्जालमा 'पोष्ट' गरेका 'स्टाटस'हरुले यदाकदा प्रधानमन्त्री केपी ओलीको सचिवालयका सदस्यहरको समेत 'दिमाग खाने' गर्छ ।

उनी कहिले प्रधानमन्त्री ओलीको जम्बो सचिवालयको कटौती गर्नु पर्ने सुझाव लेख्छिन् त कहिले कलडाउनका बेला काठमाडौं उपत्यकामा भोकभोकै परेका मजदुरहरु सयौँ किलोमिटर यात्रा गर्दै पैदल हिड्न बाध्य भएका हरुलाई सरकारले उद्धार गर्नु पर्ने विषय उजागर गर्छिन् । यस्ता विषयहरु उठान गर्दा उनले सत्तधारी दलकै जिम्मेवार तप्काबाट गालिगलौज पनि बेहोरी रहेकी छिन् । 

यसै सन्दर्भमा छिमेकी मुलुक चीनका पूर्व राजदूत तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य टंक कार्कीले रामकुमारी झाँक्रीलाई गालि नगर्न आग्रह गरेका छन् । राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएर जनातका अधिकार खोसेका बेला झाँक्री विद्यार्थी आन्दोलनको अग्र मोर्चामा लागेर प्रहरीले दमन गर्दा टाउकोबाट रगत बगिरहेको तस्बिर पोष्ट गर्दै झाँक्रीको बिरोध गर्नेहरुलाई कार्कीले प्रश्न सोधेका छन्, ऊ दिन तिमी कहाँ थियौ ?' कार्की लेख्छन्, 'अर्कालाई सुन्न पनि त सिक, इतिहासको पुर्पक्ष आफ्नै छ ।'