लक्षण परिवर्तन गर्दै कोरोना !
सबल दाहाल
४ वैशाख, काठमाडौं । कोरोनाभाइरस ( कोभिड–१९) ले विश्वभरि महामारीको रुप लिइरहँदा यसले आफ्ना लक्षणहरु पनि बदल्दै गएको तथ्यहरु फेला परेका छन् ।
युरोपको इपिसेन्टर बनेको इटाली, स्पेन र फ्रान्समा कोभिड–१९ का थुप्रै संक्रमितहरुको गोडामा कालो देखिएको स्पेनका फिजिसियन डाक्टरले बताएका छन् ।
केही बच्चा, युवा तथा वयस्क संक्रमितहरुमा ठेउला, दादुरा आएको पनि ती फिजिसियनले बताएका छन् ।
तर, ती लक्षणहरु विरामी ठीक हुँदै गएपछि आफै हराउँदै जाने गरेको पाइएको उनको भनाइ छ । यस्तो किन देखियो भन्नेबारे अझै कुनै वैज्ञानिक तथ्य पाइएको छैन ।
यसको लक्षण ज्वरो आउने, सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने, थकाई लाग्ने, नाकबाट पानी बग्ने तथा शरीर अत्याधिक दुख्ने बताइएको छ । कतिपय मानिसलाई कुनै लक्षणबिना नै भाइरस संक्रमण देखिएको छ ।
कोभिड–१९ आफैमा नयाँ भाइरस हो । यो पहिलो पटक चीनको हुवेई प्रान्तको वुहानबाट देखा परेको हो । तर अहिले कोरोना भाइरसले विश्व महामारीको रुप लिइरहेको छ । यसको भ्याक्सिन वा औषधि अझै पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया