चिनियाँ दुतावास घेर्दै तिब्बती शरणार्थीहरु

 चिनियाँ दुतावास घेर्दै तिब्बती शरणार्थीहरु

काठमाडौं । १० मार्च तदनुसार फागुन २६ गते तिब्बती शरणार्थीहरुले काठमाडौंमा स्वतन्त्र तिब्बतको मुद्धा उठाएर विविध संघर्ष गर्ने तयारी गरेको नेपालमा तिब्बतको आन्दोलनलाई समर्थन गर्दै आएको (एक समय सुदीप पाठकले नेतृत्व गरेको) नेपाल मानव अधिकार संगठनका एक सदस्यले जानकारी दिए । 

उनका अनुसार तिब्बती शरणार्थीहरुले ‘राष्ट्रिय क्रान्ति दिवस’ मनाउने योजना बनाएका छन् । स्वतन्त्र तिब्बतको माग गदैे प्ले कार्ड, टी सर्ट लगाएर काठमाडौंस्थित चिनियाँ दूतावास र भिसा सेण्टर, हात्तीसारमा कार्यक्रम गरेर विश्वको ध्यान खिच्ने उनले बताए । 

लाजिम्पाटस्थित गादेन खाङ्सार ( निर्वासित दलाई लामाको  नेपालको सम्पर्क कार्यालय) का प्रमुख छुल्ट्रिम ग्यात्सो, तिब्बती रेफ्युजी कमिटीका तेञ्जिङ जिग्देल, तिब्बती युथ फोर्सका अध्यक्ष तेञ्जिङ जिग्मे लगायतसँग १० मार्चको संघर्षलाई सफल बनाउन नेपाल मानव अधिकार संगठनका नेतृत्वले पटकपटक भेटेर योजना बनाएको पनि नाम नबताउने शर्तमा ती सदस्यले जानकारी गराए । 

मार्च महिनामा चार दिन  तिब्बती शरणार्थीले संघर्षको कार्यक्रम बनाएको पनि तिनले बताए । १२ तारिखमा महिला क्रान्ति दिवस, १४ र २८ गते कालो दिवस मनाउने योजना रहेको पनि  तिनले बताए । 

यो कार्यक्रममा अमेरिकी दूतावास र पश्चिमी कूटनीतिको पनि सहयोग रहेको समाचार छ ।