विश्वका नेताहरूले सैनिक खर्च कटौती गर्नुपर्ने गोर्बाचेभको आग्रह
काठमाडौ ।कोरोनाभाइरस महामारीले विश्वका सरकारहरूलाई सैनिक शर्तका सुरक्षा खर्चमा धन बर्बाद नगर्ने विषयमा सोच्नुपर्ने सोभियत संघका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचेभले बताएका छन् ।
उनले विश्वको मानवताका लागि वास्तवमा आवश्यक हुने वस्तुमा खर्च गर्न रक्षा खर्च कटौती गर्नुपर्नेबताए ।
सोभियत संघका पूर्व नेताले टाइम म्याग्जिनमा यस्तो विचार सार्वजनिक गरेका हुन् । शीतकालीन युद्ध पछि पनि विगतका वर्षहरूमा हातहतियार, क्षेप्यास्त्र र हवाइ आक्रमणका समाचार हामीले सुन्दै आउनु परेको उनले लेखेका छन् ।
कोरोनाभाइरस महामारीले मानवता विरूद्धको खतरालाई फेरि एकपटक अगाडि ल्याइदिएको छ यो वैश्विक प्राकृत खतरालाई देशहरूले मिलेर सम्बोधन गर्न सक्छन् ।
सैनिक खर्चमा गइरहेको धन यस्ता संकट विरूद्धको लडाइँमा खर्च गर्नुपर्ने आवश्यकता रहेको गोर्बाचेभले भनेका छन् ।
गोर्बाचेभ भन्छन् –“ मानव सुरक्षा खाना , पानी , सफा वातावरण र स्वास्थ्य हेरचाह उपलब्ध गराउनमै हुनुपर्छ ।”
कोरोनाभाइरस विरूद्धको लडाइँका लागि देशहरूले पहिलो गर्ने काम भनेको असैनिकीकरणप्रति प्रतिबद्धता जनाउनु हो ।
प्रतिक्रिया