विश्व स्वास्थ्य संगठनले अनुमान गरे भन्दा कोरोना २० गुना कम खतरनाक हुने नयाँ अध्ययन
काठमाडौ । डेनमार्कको एक रक्तदान गर्ने समूहमाथि गरिएको अध्ययनबाट यसअघि अनुमान गरिए भन्दा कोरोनाभाइरस २० गुना कम खतरनाक भएको पत्ता लागेको छ ।
कोरोनाभाइरसबाट मर्नेहरूको दर संक्रमितहरूको संख्याको एक भन्दा कम रहेको कोपेनहेगनको रिग्सहस्पिटलेटको टोलीले जनाएको छ ।
डेनिस ब्लड डोनरहरुबाट १४८७ स्याम्पल लिएर परीक्षण गरिएको थियो । अस्पतालले मृत्यु दर ०.१६ प्रतिशत रहेको फेला पारेको छ ।
विश्व स्वास्थ्य संगठनले यसअघि गरेको पूर्वानुमान भन्दा डेनिस वैज्ञानिकहरूले गरेको अध्ययनबाट २० गुना कम रहेको देखिएको छ । कोरोनाभाइरस संक्रमित भएकाहरू मध्येको १ देखि ३ प्रतिशतसम्म मृत्यु हुने विश्व स्वास्थ्य संगठनको पूर्वानुमान छ ।
परीक्षणमा संक्रमणको अवधिमा एन्टीबडी कसरी बन्छ त्यसको अध्ययन गरिएको थियो । १४८७ मध्ये २२ जना कोरोनाभाइरस पजिटिभ रहेको डेनिस ब्रोडकास्टिङ कोरपोरेशनले जनाएको छ ।
यद्यपि चिकित्साकर्मीहरूले यो आँकडाको पुनरावलोकन गरी सावधानी अपनाउनुपर्ने सल्लाह दिएका छन् । ब्लड डोनरहरू आम जनसमुदाय भन्दा औसतरूपमा बलियो हुने गरेकाले यो प्रक्रियाको जटिलतालाई बुझ्नुपर्ने उनीहरूको भनाइ छ ।
मध्य मार्च देखि लकडाउनमा रहेको डेनमार्कले लकडाउन क्रमिकरूपमा हटाउने योजनामा रहेको छ ।
प्रतिक्रिया