‘सुपरमासिभ ब्ल्याक होल’ घुमेर आइन्स्टिनको सामान्य सापेक्षताको सिद्धान्त  प्रमाणित गर्ने तारा

‘सुपरमासिभ ब्ल्याक होल’ घुमेर आइन्स्टिनको सामान्य सापेक्षताको सिद्धान्त  प्रमाणित गर्ने तारा

काठमाडौ । आकाश गंगाको केन्द्रमा रहेको विशालपिण्ड कालो क्षिद्र( सुपरमासिभ ब्ल्याक होल)को तारा एस२ले परिक्रमा गर्ने गरेको देखिएको छ । यसले महान वैज्ञानिक अल्बर्ट आइन्स्टिनले प्रतिपादित गरेको सामान्य सापेक्षताको सिद्धान्तको पुष्टि गरेको छ ।

युरोपियन साउदर्न अबर्जभेटरीको धेरै ठूलो दूरबीनको प्रयोग गरी खगोलशास्त्रीहरूले एस २ले स्यागिटारियस ए एस्ट्रिक नामक कालो क्षिद्रको परिक्रमा गर्ने बाटोको अवलोकन गरेका छन् ।

सन् १९९०को दशकदेखि यसको अवलोकन गरिएको हो ।  वर्षौदेखिको डेटाले अहिले आएर एस २ले परिक्रमा गर्ने बाटो एक निश्चित स्थितिमा नभएर कहिले भित्र कहिले बाहिर देखिने गरी बनेका घेरा स्पाइरोग्राफ जस्तो हुने गरेको निष्कर्ष निकालेको हो ।

स्पाइरोग्राफको विशेषता नै यसको पुष्टि गर्छ । एस २ कालो क्षिद्को १७ प्रकाश घन्टाका साथ आउँछ । यो भनेको नेप्चुन र सूर्यबीचको दूरीको चार गुना दुरी बराबर हो । 

यसका अतिरिक्त पर्यवेक्षणले एस२को गतिले स्यागिटारियस एएस्ट्रिकको पिण्ड भनेको सूर्यको भन्दा चालीस लाख गुना बढी भएको पुष्टि गर्छ ।