मे १ देखि ट्रम्पको तीन चरणमा अमेरिका खोल्ने योजना 

मे १ देखि ट्रम्पको तीन चरणमा अमेरिका खोल्ने योजना 

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन चरणमा अमेरिका खोल्ने योजना सार्वजनिक गरेका छन् ।

कोरोनाभाइरस महामारीका कारण बन्द भएको अमेरिका खोल्ने योजना अन्तर्गत मे १ देखि केही अमेरिकालाई खुला गरिने छ ।

क्रमिकरूपमा अमेरिका खोल्ने अन्तर्गत केही अमेरिकीहरूको गतिविधिलाई मे १ देखि खुला गर्ने अमेरिकी राष्ट्रपति कार्यालयले ‘ ओपनिङ अप अमेरिका अगेन’ नारा अन्तर्गत योजना बनाएको हो ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक प्रेस सम्मेलनको आयोजना गरी यो योजना सार्वजनिक गरेका हुन् ।

ती चरणको यो ‘रोडम्याप’लाई अमेरिकी प्रान्तका गभर्नरहरू र क्षेत्रीय अधिकारीहरूले संघीय सरकारको सहयोगमा कार्यान्वयन गर्ने बुझिएको छ ।

ट्रम्पले भने “ अमेरिका खुला हुन चाहन्छ, अमेरिका खुला हुन चाहन्छ । यो राष्ट्रिय बन्दी दीगो र दीर्घकालीन उपाय होइन ।”

तीन चरणका योजना अन्तर्गत विभिन्न किसिमको अवस्था र शर्त प्रान्तीय सरकार र क्षेत्रीय अधिकारीहरूले पूरा गरेको हुनुपर्ने जनाइएको छ ।