हरेक जापानीलाई नगद दिने प्रधानमन्त्री आबेको घोषणा
काठमाडौ । जापानी सरकारले हरेक बासिन्दालाई ९३० अमेरिकी डलर बराबर हुने १ लाख येन नगद दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री सिन्जो आबे एक टेलिभिजन सन्देशमा भने “ हामीले सबै जनतालाई नगद छिट्टै दिन गइरहेका छौ ।”
उनले राष्ट्रिय संकट विस्तार गर्ने निर्णयको जानकारी दिन गरेको सो सम्बोधनमा उनले यस्तो बताए ।
कोरोनाभाइरसले गर्दा आम्दानीमा भएको कटौतीले घरपरिवारलाई परेको समस्या समाधान गर्न आबेले यो घोषणा गरेका हुन् । त्यो रकम शुरूवाती समयमा तीन पटक दिइने योजना रहेको छ ।
अप्रिलको अन्तिम साता र मेको शुरूसम्म हुने ‘द गोल्डन विक हलिडेज’को अवधिमा हिलडुल गर्न प्रतिबन्ध लगाइएको छ ।
मे ६मा अधिकारीहरूले यो प्रतिबन्धबारे पुनर्विचार गर्ने आबेले जनाए ।
तेस्रो ठूलो अर्थतन्त्रलाई कोरोनाभाइरसको यो प्रतिबन्धले मन्दीतर्फ धकेल्ने देखिएको छ ।
प्रतिक्रिया