वुहान प्रयोगशालाबारे अमेरिकी दाबीको प्रमाण छैन–फ्रान्स
काठमाडौ । फ्रान्सको राष्ट्रपति कार्यालयले अमेरिकाद्वारा कोरोनाभाइरस र वुहानको प्रयोगशालबीच सम्बन्ध भएको गरिएको दाबीको कुनै प्रमाण नभएको जनाएको छ ।
अमेरिकाको सो दाबीलाई समर्थन गर्न कुनै तथ्यगत प्रमाण नभएको राष्ट्रपति कार्यालयका एक अधिकारीले जनाएका छन् ।
ती अधिकारीले भने “अमेरिकी प्रेसले वुहानको पी फोर ल्याब्रटरीको काम र कोरोनाभाइरसको उत्पत्तिबीच सम्बन्ध स्थापित गर्न गरिरहेको समाचार प्रसारणबारे आजसम्म कुनै तथ्यगत प्रमाण नरहेको हामी स्पस्ट पार्छौ ।”
चीनले कोरोनाभाइरस संकटको व्यवस्थापन फ्रान्सभन्दा राम्रो गरेको यसअघि राष्ट्रपति एम्मानुएल म्याक्रोनले द फिनान्सियल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए ।
पश्चिमा देशहरूमा बुढाबुढीलाई घरमै मर्न छोडिरहेको विषय उल्लेख गर्दै चिनियाँ राजदूतले लेखेको एक आलेखका बारेमा फ्रान्सको विदेशमन्त्रालयले चिनियाँ राजदूतलाई यसबारे जानकारी लिन बोलाए पछि राष्ट्रपति म्याक्रोनको सो टिप्पणी आएको थियो ।
ठीक यहि बेला अमेरिकी सरकारले औपचारिकरूपमा आरोप नलगाएपनि चिनियाँ कम्युनिस्ट पार्टीले महामारीसम्बन्धी समाचार लुकाएको र यसको सम्बन्ध प्रयोगशालासँग रहेको संकेत गरेको थियो ।
चीनले यो दाबीलाई निरन्तर गलत रहेको जनाउँदै आएको छ ।
प्रतिक्रिया