निको भएकालाई फेरि कोरोनाभाइरसले नसमात्ने भनाइ पुष्टि भएको छैन्

निको भएकालाई फेरि कोरोनाभाइरसले नसमात्ने भनाइ पुष्टि भएको छैन्

काठमाडौ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमित भइ निको भएकालाई फेरि संक्रमण हुन नसक्ने गरी रोग प्रतिरोधी क्षमताको विकास भएको भनाइ पुष्टि नभएको स्पस्ट पारेको छ ।

संगठनका बरिष्ठ महामारी विज्ञले विश्वका सरकारहरूले एन्टीबडी परीक्षणको चाङ लगाउन थालेको देखेपछि यस्तो जनाएका हुन् ।

कोरोनाभाइरसबाट संक्रमित भइ निको भएकालाई कोरोनाले फेरि नसमात्ने भनाइको अहिलेसम्म कुनै प्रमाण नरहेको उनले जनाए । 

बेलायती सरकारले ३५ लाख सेरोलजि परीक्षण किनेर ल्याएको छ । यो परीक्षणले रगतको प्लाज्मामा रहेको एन्टबडीको स्तर मापन गर्छ ।

संगठनका महामारी विज्ञ डा. मारिया भान केरखोभले भनिन् “ सेरोलजिकल परीक्षणबाट कोरोनाभाइरसको द्रुतगतिमा परीक्षण गर्न सरकारहरूले यो परीक्षणबाट रोगप्रतिरोधी क्षमताको मापन हुने बुझाइमा पहल लिएका छन् । तर अहिलेसम्म यो पत्ता लागेको छैन् ।”