खोला, माछा र गँगटा (बालकथा)

खोला, माछा र गँगटा (बालकथा)

शान्तिमान कार्की  

खोला र माछा दुवै एकार्कासँग कहिल्यै नछुट्टिने साथि थिए । दुःख सुख गरेर सधै संगै बस्थे। त्यही नजिकै ढुंगाको चेपमा एउटा गॅगटा पनि बस्थ्यो। उm कहिले जमिनमा दगुर्थ्यो त कहिले खोलामा हाम फाल्थ्यो। गॅगटाको दोहोरो चरित्र दुबैलाई मन परेको थिएन। एकदिन, खोलाले उसलाई नजिकै बोलाएर भन्यो, हेर, गगटा भाईकि तॅ पाखैमा बस कि खोलामा मात्रै बस, यसरी पाखा र खोलामा ओहोर दोहोर नगरेस’ तेरो कारणले हामी समेत जोखिममा पर्छौ भनेछ । 

माछाले पनि खोलाको कुरा ठिक हो भनेर सहि थापेछ। गँगटाले उनीहरुको कुरालाई एक कानले सुनेर अर्को कानले उडाउँदै ‘तिमररु ग्वागाहरुलाई के थाहा छ ? म त पाखामा गएर पनि मिठोमिठो खाएर आउछु, होनहार मान्छेको खेतका गरागरा पनि डुल्छु भनेछ । आफ्नो शरिरको बखान गर्दै “तिमरु जस्तो हो मेरा त दस वटा हातखुट्टाले गर्दा धेरै ईष्टमित्र पनि छन्, एकै ठाउँ बसिरहन मिल्दैन, जहाँपनि

गॅगटाको जिद्दीपनबाट दुखित भएर, ‘होस गर भाइ भनेको मान, दशा लागे पछि बुद्दि बिग्रिनछ भन्थे बुढापाकाहरु ,भन्दै माछा पनि खोला संगै हिँडेछ। दुबैले गॅंगटाको दम्भले दुखीएका कुरा गरेर माछा आफ्नो कुरमा गएछ। मध्यरातमा गड्यांगगुडुंग गरेर ठुलो पानी पर्यो। खोलाले सुसेली हालेर बोलाको सुनेर माछा पौडिदै खोला छेउ पुगेर किन बोलाको भनेर सोधेछ। बाढी आउदैछ ठुलो ढुंगाको कुर भित्र बस, म बाहिरैबाट बगि दिउँला, भनेर माछालाई ढुंगाको भित्री चेपमा पठायो। 

बाढी उर्लेर आको सुनेर गॅंगटा धरखरिँदै पाखातिर भाग्यो। उ पाखामा पुग्नु भन्दा अगाडी नै बाढी आउँछ भन्ने थाहा पाएको न्याउरी मुसो झाडीको डिलैमा लुपुक्क बसेको थियो। गॅगटा खटरखटर गरेर आएको देख्ने बितिक्कै दुई दिनको भोको न्याउरीले जोडले जगर र पुच्छर फिजाएर किच्च दारा देखाएर बसेको देख्ने बितिक्कै डराएको गॅगटाले डिलबाट झ्वाम्लॉंगै उर्लेको बाढीमा हाम्फालेको गॅगटाले खोलामा कतै टेक्न समाउने ठॉंउ भेटेन। बाढीको धमिलो पानीले गॅंगटालाई कता पुर्यायो कसैले पनि देखेन। 

बिहान भयो, बाढी पनि घट्यो खोलाले माछालाई बाहिर आाउ भनेर बोलायो । धमिलो पानीमा डराउँदै माछाले खोला छेउ आएर भन्यो धन्यबाद खोला,  तिमीले मेरो ज्यान जोगाईदियौ, माछाले मलिन स्वरमा खोलालाई सोधेछ,’हैन त्यो गॅगटा कता छ ? माछाको कुरा सुनेर खोलाले सुसाउँदै डिलडिल र पहरा छहरामा गदल्यॉग गुद्लुॅंग गर्दै गॅगटालाई खोज्दै हिडेछ , तर गॅगटा कतै भेटिएन। अझै पनि दिनमा सुसाउने नदिले त्यसै गॅगटोलाई खोज्दैछ भन्ने किम्बदन्ती छ।