मृतक परिवार पुगेको धेरैपछि मात्र प्रमुख अतिथि

मृतक परिवार पुगेको धेरैपछि मात्र प्रमुख अतिथि

काठमाडौं । नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमुख अतिथि निर्धारित समयभन्दा धेरै ढिलो गरी आउँदा  मृतकका परिवारलाई निकै सकस परिरहेको सबैले अनुभूति गरिरहेका थिए ।

पहिलो कम्युनिष्ट अर्थमन्त्री भरतमोहन अधिकारी तथा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायतको श्रद्धाजञ्लीसभा कार्यक्रम नेकपाले भृकुटीमण्डपमा आयोजना आज दिनको १ बजेका लागि तय गरेको थियो । 

उक्त कार्यक्रममा पार्टी अध्यक्षद्वयलाई आमन्त्रण गरिए पनि निर्धारित समयमा कार्यक्रममा उपस्थित नभएपछि मृतकका परिवार, पार्टी शुभचिन्तक तथा कार्यकर्ताहरु खिन्न बनेका थिए । 

पूर्व निर्धारण गरिएको समयमा प्रमुख अतिथि तथा अन्य अतिथिहरु कार्यक्रमस्थलमा नपुग्नु हरेक पार्टीका केन्द्रीयदेखि जिल्ला तहका नेतासम्ममा जकडिएर बसेको रोग भएको कार्यक्रममा उपस्थित एक अतिथिले बताए । यो गलत संस्कृतिलाई हटाउन कम्युनिस्ट पार्टीले साँस्कृतिक अभियान नै चलाउनु पर्नेमा तिनको जोड थियो ।