थप एक जना संक्रमित, ३१ जना पुगे

थप एक जना संक्रमित, ३१ जना पुगे

६ वैशाख, काठमाडौं । शनिबार थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ । ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयले शनिबार राति आठ बजेसम्मको विवरण अध्यावधिक गर्दै कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । तर, नयाँ थपिएको संक्रमितबारे थप खुलाइएको छैन । 
 
योसँगै, नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ। शुक्रबार मात्रै एकै पटक १४ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा १२ र चितवनमा दुई जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 
 
त्यसमध्ये तीन जना निको भएका छन् । शनिबार मात्रै फ्रान्सबाट फर्किएकी युवती र बाग्लुङका एक बृद्धा निको भएको मन्त्रालयले जनाएको छ।