सुविधा कटौती गरेकोमा अमेरिकालाई डब्लुटीओमा तान्न खोज्दै भारत 

सुविधा कटौती गरेकोमा अमेरिकालाई डब्लुटीओमा तान्न खोज्दै भारत 

भारतले अमेरिकालाई व्यापार सुविधा कटौती गर्ने निर्णयको विरोधमा विश्व व्यापार संगठन( डब्लुटीओमा ) तान्न खोजिरहेको छ ।

अमेरिकाले भारतका २ हजार घरेलु वस्तुमा दिइआएको व्यापार सुविधालाई कटौती गर्ने गरेको निर्णयको विरूद्ध भारत डब्लुटीओमा जान खोजिरहेको सम्बद्ध स्रोतका हवाला दिँदै समाचार सार्वजनिक भएका छन् ।

मार्च ५ मा अमेरिकाले भारतमा उत्पादित वस्तुमा दिइआएको भन्सार महशुल नलिने निर्णयलाई फिर्ता लिने निर्णय ग¥यो ।  यो सुविधा विकासशील देशहरूलाई दिने गरिने व्यापार सुविधा हो । हाल १२१ विकासशील देशहरूमा भारत, ब्राजिल, अफगानिस्तान र बोस्टस्वान लगायतका देशले यो सुविधा पाउँदै आएका छन् ।

योे निर्णयबाट अमेरिकामा हुने ५.६ अर्ब अमेरिकी डलर बराबर हुने भारतीय निर्यातमा असर पर्नेछ । यसबाट भारतका २ हजार उत्पादनलाई अमेरिकाले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बनाउन सक्छ ।

तर कतिपयले डब्लुटीओको यो बाटो लामो भएकोले भारतलाई अमेरिकासँग बसेर यसबारे समस्याको समाधान खोज्नु राम्रो हुने सुझाउ दिएका छन् ।

सन् २००३ मा भारतले यस्तै एक मुद्दा डब्लटीओमा युरोपेली आयोगको विरूद्ध जितेको थियो । त्यो मुद्दा कपडा र औषधि निर्यातसम्बन्धी रहेको थियो ।