मनकामना मन्दिरका पुजारीबाट बन्दुक बरामद !
गोरखा, ७ बैशाख । मनकामना मन्दिरका पुजारी इन्सान थापा मगरले बोकेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार राति नौ बजे साथमा बन्दुक बोकेर हिँडेको अवस्थामा प्रहरीले उनलाई भेटेको हो । लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकोर हिँडेपछि नियन्त्रणमा लिइएको एसपी ओमप्रसाद अधिकारीले बताए ।
लाइसेन्स भएकाले उनलाई तारेखमा छोडिएको प्रहरीले जनाएको छ । व्यक्तिगत प्रयोजनका लागि भन्दै पुजारी थापाले तीन वटा बन्दुक राख्न पाउने इजाजत जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् ।
प्रतिक्रिया