अहिले हेक्का राख्नुपर्ने यही हो 

अहिले हेक्का राख्नुपर्ने यही हो 

पद्मप्रसाद शर्मा 

 

सचेत नागरिकका नाताले सरकारलाई सघाउने र उचित सल्लाह दिनुु अति राम्रो हो तर सल्लाहको नाममा र जथाभावी लेख्नुु र वोल्नु भनेको सरकारलाई कमजोर बनाउनु हो । यतिवेला यो सरकार कमजोर भयो भने अहिले भए गरेका कामहरु पनि कमजोर हुनेछन् अनि नागरिक असुरक्षित हुुने बढी सम्भावना हुनेछ । यो समय सरकारको आलोचना गर्ने र सरकारका प्रवक्ताले गर्ने कार्य आफूले गर्न चाहनु अर्थात अरुको कामको चासो गर्नुुको परिणाम राम्रो हुने छैन ।

नागरिकको सुरक्षाको निम्ति भनेर नेपाल सरकारले विगत चैत्र ११ गतेदेखि लकडाउन अर्थात एकान्तवासको घोषणा गरेको छ । ०७७ बैशाख ४ गतेदेखि १५गतेसम्म लागू हुने गरी चौथो पटकको लकडाउन घोषणा गरिएको छ । सरकारले दैनिक रुपमा मुलुुकमा भएका सबै विवरण जनसमक्ष ल्याउनका लागि प्रवक्ताको ब्यवस्था गरेको छ । जसको जिम्मेवारी पाएका छन् कुशल डाक्टर विकास देवकोटाले । उनले हरेक दिन मुलुकभरको खवर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै आएका छन् । आरम्भदेखि यो प्रक्रिया चलिरहेको छ । हरेक दिन कतिजनाको स्वास्थ्य परीक्षण गरियो ? कति नयाँ संक्रमित भेटिए ? कति जनाको स्वाब परीक्षण भयो ? कति क्वारेन्टाइनमा छन् ? कति जना थप भए ? कति जनाको रिपोर्ट नेगेटिभ देखियो ? कतिजनाको पोजिटिव देखियो ? कहाँकहाँ परीक्षणको थप व्यवस्था भयो र हुँदैछ ? आदि इत्यादिबारेमा आमनागरिकलाई आवश्यक सूचना सबै डाक्टर विकास देवकोटाले सुनाउने गर्छन । कुनै पनि नागरिकलाई नेपालमा कोरोनाले पारेको प्रभावको वारेमा जान्नका लागि अर्को श्रोत खोज्नुपरेको छैन । स्वास्थ्य मन्त्रालयले गरेको यो सूचनाको व्यवस्था विना पूर्वाग्रह भन्ने हो भने नागरिकले सही समयमा सही सूचना पाएका छन् । सरकारबाट भए गरेको व्यवस्थालाई राम्रो भन्नुपर्दछ । 

कोरोनाको विरुद्धमा लड्नका लागि एक दुुई जनामात्र लागेर केही हुँदैन । यो विश्वव्यापी भएको भाइरसको विरुद्धमा लड्नका लागि आम नागरिक एक ढिक्का भएमात्र संभव छ । हरेक नागरिकको नेतृत्व गर्ने भनेको सरकारले हो । वर्तमान सरकार सबैको नेतृत्व गर्न सक्षम छ भन्ने कुरा अहिलेसम्मको कार्यले प्रस्ट देखाएको छ । नेपालका सबै राजनैतिक  दलहरु सरकारले ल्याएको कार्यक्रमको विरुद्धमा देखिएको अवस्था छैन । सरकारलाई सजग बनाउने कुरामा पनि अन्य राजनीतिक दलहरुबाट प्रसस्त मात्रामा सल्लाह सुुझावहरु आएका छन यो पनि सकारात्मक पक्ष हो । कोरोनाको प्रकोपलाई सबै राजनीतिक दलका अगुवाहरुले राम्ररी बुुझेका छन् । उनीहरुको सल्लाह सुुझाव तथा सहयोगमा खासै खोट लगाउने ठाउँ छैन । सरकारले राजनीतिक दलहरुले दिएको सल्लाह कति कार्यान्वयन गर्न सक्यो यो वेग्लै पाटोमा छलफल चलाउनुु पर्दछ । उचित सल्लाह तथा सुुझावहरु सरकारले पनि ग्रहण गरेको हुुनुु पर्दछ । अन्य राजनीतिक दलहरुबाट पनि सरकारले हामीले भनेको मानेन अथवा हाम्रो सुुझाव वेवास्ता गरेको भन्ने कुरा खासै आएको सुुनिएको छैन । 

सरकारलाई सहयोग गर्नुु र जानकारी भएको कुराको सुुझावको रुपमा दिनु राम्रो कुरा हो । तर विज्ञ भन्दा आफू जानकार हुने अनि सरकारका हरेक कार्यकलाप नराम्रा देख्ने एउटा जमात हामी कहाँ छ । यो प्रवृतिगत रुपमा रहेको छ । कहिलेकहीं त सरकारका प्रवक्ताले गर्ने काम आफ्नै जिम्माको हो भनेको जस्तै गरी केही मानिसहरु समाजिक सञ्जालमा बोलेको र लेखेको सुुनिन्छ, देखिन्छ । हरेक पाइलामा सरकारको कमजोरी कोट्याउने र जथाभावी लेख्ने गरेको समेत देखिन्छ । 

यस्तो प्रवृति देख्दा सानो कक्षामा पढेको एउटा कथाको याद पटक पटक आइरहन्छ । “अर्काको कामको चासो गर्नुु हुँदैन” भन्ने शीर्षकको कथा यसप्रकारको रहेको छ – “कुनै ठाउँमा एकजना धोवी थिए । उनले कपडा ल्याउन र लैजानका लागि एउटा गधा पालेका रहेछन् । घरको सुरक्षाको लागि एउटा कुुकुुर समेत पालेको रहेछन् । धोवी हरेक दिन खोलामा पुुगेर कपडा धुने, सुकाउने अनि ल्याएर हरेकका घर घरमा पुु¥याउने गर्थे । हरेक दिन जस्तै एक दिन धोवी कपडा घरघरमा पुु¥याएर आफ्नै घरमा आए, खाना खाएर मस्तले सुते । त्यही मौका छोपेर उनको घरमा एउटा चोर पसेछ । चोर पसेको बाहिर आँगनमा रहेका कुकुुर र गधा दुुबैले देखे । घरमा चोर पस्दा पनि कुुकुुर भुुकेन । आश्चर्य मान्दै गधाले कुकुरलाई भुुक्नका लागि भन्यो । तर कुुकुुर भुकेन । उसले फेरि कर ग¥यो तर कुुकुुर भुकेन ।

कुुकुर उपयूक्त समयमा भुक्ने थियो होला । त्यसको वदलमा गधा आफै चिच्यायो । गधा चिच्यएको सुनेर चोर घरबाट भाग्यो । गधाको आवाजले धावीको निद्रा खल्वलियो । धोवीलाई घरमा चोर पसेको थाहा भएन । धोवी बाहिर आएर हे¥यो तर केही देखेन । धोवीलाई गधाको ब्यवहार चित्त बुुझेन । नजिकको लाठी उठाएर धोवीले गधालाई निकै चुटे । धोवी सुत्न गएपछि कुुकुरले भनेछ– आखिर चोर आएपछि भुक्ने काम मेरो हो, मैले गर्ने काम गर्न खोज्दाको परिणाम कस्तो हुने रहेछ ? कुकुुरको कुुरा सुुनेर गधा केही बोल्न सकेन।” खाली धावीले पिटेको मात्र संझिरह्यो । पाठक वृन्द ! कथा सारमा यही हो । 
   
घरमा चोर पसेको कुुरालाई लिएर पहिले त कुुकुरले आफै देखेको थियो । उसले समय मिलाएर आफ्नो आवाज दिने थियो होला । कुुकुरलाई भुुक्नका लागि कर गर्नुु गधालाई  कुुनै जरुरी थिएन । कुुकुुर भुुक्न मानेन त के भयो ? घरको सुरक्षा गर्ने जिम्मा कुुकुुरको हो गधाको होइन । गधाको काम भारी खेप्नु हो । गधाले अर्काको कामको चासो गरेकै कारणले र कुुकुुरको काम आफूले गर्छु भनेकै कारणले शरीरमा सुम्ला उठुुञ्जेल सजायँ भोग्नु प¥यो । यसैले अर्काको कामको चासो गर्नुु हुँदैन भनिएको हो । अर्काको कामको चासो बाहिरबाट गर्दा त ठीकै हो तर आफै सरोकारवालाको रुपमा आफूलाई राख्न खोज्दा हुुने परिणाम यस कथाबाट जान्न सकिन्छ । यसको परिणाम सबैलाई यस्तै हुन्छ । 
      
विगत केही समय यता कोरोनाले विश्व हल्लाएको छ । यो अवस्थामा नेपाल सरकारले आफू सुुरक्षित रहने र आफ्ना नागरिकको सुुरक्षाको वारेमा ध्यान दिनु पहिलो कर्तब्य हो । त्यही कर्तव्यका कारणले अहिले हरसम्भव व्यवस्था मिलाउँदैछ । व्यवस्थामा कतै कमी हुनसक्छ । यसमा सचेत नागरिकका नाताले सरकारलाई सघाउने र उचित सल्लाह दिनुु अति राम्रो हो तर सल्लाहको नाममा र जथाभावी लेख्नुु र वोल्नु भनेको सरकारलाई कमजोर बनाउनु हो । यतिवेला यो सरकार कमजोर भयो भने अहिले भए गरेका कामहरु पनि कमजोर हुनेछन् अनि नागरिक असुरक्षित हुुने बढी सम्भावना हुनेछ । यो समय सरकारको आलोचना गर्ने र सरकारका प्रवक्ताले गर्ने कार्य आफूले गर्न चाहनु अर्थात अरुको कामको चासो गर्नुुको परिणाम राम्रो हुने छैन । यो सबैले मनन गर्ने कुराभित्र पर्दछ । सरकारको वारेमा केही भन्नु पर्ने भए यो संक्रमणबाट पार पाएपछि केही रहेछ भने त्यतिवेला गरौंला । अहिलेलाई हेक्का राख्नुु पर्ने यही हो । अस्तुुः   ७ वैशाख २०७७