'म चुप लागेर बसेको छैन'

'म चुप लागेर बसेको छैन'

काठमाडौं, ७ बैशाख । लकडाउनका बेला सडकमा अलपत्र परेका मजदुरहरुको बारेमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रतिक्रिया दिएका छन् । उनले आफु चुप लागेर नबसेको जनाएका छ ।

केही मिडियाले उनी स्वयम् मजदुर नेताबाट आज मन्त्री भएको तर आज मजदुरहरुकै बिचल्ली हुँदा मन्त्री जम्कट्टेलले मजदुरको उद्दारमा काम नगरेको आशयका समाचार प्रकाशित गरेका थिए । 
आफुले बागमती प्रदेशको नागढुङगा कटेर धादिङ पुगेका र भक्तपुर कटेर काभ्रे पुगेका पैदल यात्री मजदुरहरुलाई अन्तिम सीमानासम्म पुर्याउने कामको भूमिका निभाएको उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'आज प्रकाशित नयाँ पत्रिकाले मलाई अन्याय गरेको महसुस भयो । म चुपो लागेर बसेको छैन । नागढुङगा कटेर धादिङ पुगेका र भक्तपुर कटेर काभ्रे पुगेका पैदल यात्री मजदुर साथी हरूलाई आबश्यक ठाउँ हरूमा समन्वय गरेर बागमती प्रदेश को अन्तिम सिमाना सम्म पुर्याउने काममा मैले महत्वपुर्ण भुमिका निभाएको छु ।'

कुनै काम गर्दा त्यसलाई सस्तो लोकप्रियताका लागि प्रचारबाजि नगर्ने स्वभावका मन्त्री जम्कट्टेल लेख्छन्,'मलाई मैले यति गरे भनेर तुरून्तै प्रचार गरीहाल्न मन लाग्दैन । अहिले लक डाउनको समयमा यति वटा गाडीहरूमा मान्छे पठाईँँ भन्न त उचित हुदैन होला !'