साउदी अरबका बरिष्ठ धार्मिक नेताद्वारा रमादान घरमै मनाउन आग्रह

साउदी अरबका बरिष्ठ धार्मिक नेताद्वारा रमादान घरमै मनाउन आग्रह

काठमाडौ । मुसलमानहरूको सर्वोच्च धार्मिक निकाय बरिष्ठ विद्वत परिषद्ले विश्वभरका मुसलमानहरूलाई रमादान घरमै मनाउन आग्रह गरेको छ ।

रमादानका बेला  मुसलमान बसिरहेका बेला सोसल डिस्टेन्सिङको उपाय अपनाइरहेको भए रमादान घरमै मनाउनु साउदी अरबको राज्यसञ्चालित समाचार नियोग एसपीएले आइतबार यस्तो जानकारी सार्वजनिक गरेको छ ।

यो साता पछि मुसलमानहरूले महिनाभर एक छाके उपवास राखी मनाउने रमादान शुरू हुन लागेको छ । रमादान व्रत राख्नेहरूले उपवास परिवारका सदस्य र मित्रहरूसँग मिलेर साँझ भंग गर्ने गरेको विश्वास गर्छन् । यसलाई ‘तारावीह’ भनिन्छ र यसबेला मस्जिदमा जमाभएर उपवास तोड्ने गरिछ ।

साउदी बरिष्ठ विद्वत परिषद्द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ –“ कोरोनाभाइरस जमाभएका कारण सर्नेभएकाले यस्तो जमघटलाई मुसलमानहरूले त्याग गर्नेछन् ...। मुसलमानहरूले स्मरण गर्नेछन् कि  मानिसहरूको ज्यान जोगाउनु मानिसको महान काम हुन्छ जसले तिनलाई ईश्वर निकट पु¥याउँछन् ।”

साउदीका ठूला धर्म गुरू मुफ्ती शेख अब्दुलअजिज अल शेखले शुक्रबार यस्तै उपदेश दिएका थिए । रमादान र इद उल फित्र घरमै मनाउनु भनेका थिए ।

साउदी अरबमा कोरोनासंक्रमितको संख्या ८,२७४ पुगेको र ९२ जनाको मृत्यु भएको छ । खाडीका ६ देशमा २४,३७४ संक्रमित र १५६ जनाको मृत्यु भएको छ ।

साउदी सरकारले मध्य मार्च महिनादेखि दैनिक पाँच समयको प्रार्थना र सातामा शुक्रबार मस्जिदमा गरिने प्रार्थनालाई रोक्न लगाएको थियो । कोरोनाभाइरसको महामारीलाई रोक्न यो रोक आदेश दिइएको थियो ।

मदिनाका धर्मगुरूले गत साता रमादानको उपवास भंग गर्न बेलुका मस्जिदमा उपलब्ध गराउने भोजन कार्यक्रममा रोक लगाउने घोषणा गरेका थिए ।