नेतान्याहु विरूद्ध सोसल डिस्टेन्सिङसहित इजरायलमा अद्भूत प्रदर्शन

नेतान्याहु विरूद्ध सोसल डिस्टेन्सिङसहित इजरायलमा अद्भूत प्रदर्शन

काठमाडौ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकार विरूद्ध सोसल डिस्टेन्सिङसहित इजरायलमा अदभूत प्रदर्शन गरिएको छ ।

कोरोनाभाइरस महामारी फैलिन रोक्न अपनाइने आवश्यक विधि सोसल डिस्टेन्सिङको दुई मिटरको दुरी कायम गरी यो विरोध प्रदर्शन गरिएको देखिएको छ ।

तेल अभिभको रबिन स्क्वायलमा  प्राय जसो प्रदर्शन भइरहन्छ । विवादित सेरोगसी कानुनको विरोध गर्न दशौं हजार मानिसहरूले गतवर्ष  प्रहरीको निषेधाज्ञा तोड्न संगीत महोत्सको आयोजना गरिएको थियो ।

तर आइतबार भएको प्रदर्शनजस्तो प्रदर्शन भएको थिएन् । दुई मिटरको दूरीको कालोक्रस बनाएको ठाउँमा दुई हजार बढी मानिसको प्रदर्शन भएको उदारवादी हारेत्स अखबारले जनाएको छ ।

प्रदर्शनकारीले कालो झण्डा लिएर सहभागी भएका थिए । सोसल डिस्टेन्सिङसहित मास्क पनि लगाएका थिए ।

सरकारले त्यहाँको आन्तरिक गुप्तचर नियोगलाई जनताको मोबाइल फोनको डेटामा पहुँच कायम गर्न पाउने अधिकार उपलब्ध गराएको विरोधमा यो प्रदर्शन गरिएको हो ।
।