अनुसन्धान गर्न अनुमति दिन चीनसँग कुरा गर्दै ट्रम्प
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस महामारी फैलिएको स्थलमा अनुसन्धान गर्न अनुमति दिन चीनसँग कुराकानी थालेका छन् ।
आइतबारको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस महामारी फैलिएको विषयमा चीन गएर अनुसन्धान गर्नुपर्ने चाहना व्यक्त गरेका छन् ।
अमेरिकाले कोरोनाभाइरस चीनले फैलाएको आरोप लगाइरहेको छ । चीनले अमेरिकी आरोपलाई अस्वीकार गरिरहेको छ ।
अमेरिकाले विगतमा चीनसँग अनुसन्धान गर्न दिनेबारे गरेको आग्रह अस्वीकार भएका छन् ।
अमेरिकाले चीनमाथि कोरोनाभाइरसबारे ठोस सूचना लुकाएको आरोप लगाउँदै आएको छ ।
आइतबार ट्रम्पले अमेरिका अझ चीनमा गएर कोरोनाभाइरस महामारीबारे अनुसन्धान गर्न चाहेको बताए ।
कोरोनाभाइरसबारे दैनिक जानकारी दिने क्रममा ट्रम्पले आइतबार भने “ हामी चीनसँग कुराकानी गरिरहेका छौं । चीनमा गएर अनुसन्धान गर्न दिनबारे लामोसमय देखि भनेका छौ । हामी चीन भित्र जान चाहन्छौं ।”
यसअघि ट्रम्पले जानाजानी कोरोनाभाइरस फैलाएको भए परिणाम भोग्न तयार रहन चेतावनी दिएका थिए । उनले भनेका थिए “ चीनले जानी जानी कोरोनाभाइरस फैलाएको भए त्यसको ठूलो मूल्य चुकाउनु पर्छ । गलती गलती हुन्छ । तर जानी जानी गरिएको रहेछ भने निश्चय नै परिणाम भोग्नु पर्छ ”
प्रतिक्रिया