आफ्नै ‘बर्थडे’मा दिइने ‘बन्दुके सलामी’ को कार्यक्रम हटाउन बेलायती महारानीको आग्रह
काठमाडौ । बेलायती महारानी एलिजाबेथले मंगलबार अप्रिल २१मा आयोजना गरिने आफ्नो जन्मोत्सवको अवसरमा दिइने ‘बन्दुके सलामी’ कार्यक्रम हटाउन भनेकी छिन् ।
कोरानाभाइरस संकटका बेला ‘बन्दुके सलामी’ कार्यक्रम उचित नहुने महारानीको ट्विटर एकाउन्टमा उल्लेख गरिएको छ ।
महारानीको जन्मोत्सवको अवसरमा लन्डनका विभिन्न ठाउँमा ‘बन्दुके सलामी’ दिइने गरिन्छ ।
यो वर्ष बेलायती महारानीको ९४औं जन्मोत्सव मनाइने भएको छ । महारानीले ६८ वर्ष लामो शासन सम्हालेयता यस्तो आग्रह पहिले पटक गरेकी छिन् ।
रिपोर्टर क्रिस शिपले सार्वजनिक गरेको यो समाचारबारे बकिंघम दरबारबाट तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन् ।
महारानीको जन्मोत्सव विशेष कार्यक्रम गरी नमनाउने बकिंघम दरबार स्रोतको उल्लेख गरी क्रिसले समाचारमा जनाएका छन् ।
प्रतिक्रिया