चौधरी र राउत फैसलाको संयोग

चौधरी र राउत फैसलाको संयोग

नेपालको सार्वभौमिकतालाई चुनौती दिँदै स्वतन्त्र मधेशको अभियानमा लागेका सिके राउतलाई सर्बोच्च अदालतले थुनामुक्त गर्ने आदेश  दिएको छ । तर, सँगै सांसद पदको सपथ लिइसकेका रेशम चौधरीलाई जन्म कैदको सजाय सुनाइएको छ । यी दुई मुद्धामा एकैसाथ फैसला आउनु संयोगमात्र मान्न नसकिने विश्लेषकहरुले अथ्र्याएका छन् । दुई मुद्धाको सरोकार न्यायिक निरुपणको अर्थमा एकै प्रकृतिका होइनन् । चौधरी फौजदारी अभियोग लागेका पात्र हुन । राउत देश विभाजन गर्न खुलेआम अभियान गर्दै हिँडेका पात्र हुन ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत राज्यविरुद्धको संगठित कसुर मुद्दा खेपिरहेका थिए । सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने उद्देश्यले अभियान चलाउनेलाई ‘राज्य विरुद्धको अपराध र सजाय ऐन–२०४६’ को व्यवस्था अनुसार उद्योग गरेमा मात्र पनि जन्म कैद हुने व्यवस्था छ । तर, राउत साधारण तारेखमा रिहा हुनु चौधरी जन्मकैदको भागिदार हुनुले न्यायिक र राजनीतिक क्षेत्रमा प्रश्न उठेको छ ।