भारत बसेर फर्केका जनकपुरका वडा अध्यक्षको कोरोना एन्टीबडी पोजेटिभ

भारत बसेर फर्केका जनकपुरका वडा अध्यक्षको कोरोना एन्टीबडी पोजेटिभ

जनकपुर, ८ बैशाख । भारतबाट फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ ।

जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए ।