नेकपाले डाक्यो अकस्मिक सचिवालय बैठक 

नेकपाले डाक्यो अकस्मिक सचिवालय बैठक 

काठमाडौं, ८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक डाकेको छ । बैठक अहिले ५ : ३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । । मन्त्रिपरिषद्ले दल फुटाउनका लागि सजिलो पार्ने प्रावधानसहित अध्यादेश ल्याएपछि नेकपाको सचिवालय बैठक आकस्मिकरुपमा बोलाइएको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल फुटाउन सजिलो प्रावधान राखेर आजैको मन्त्रिपरिषद्को बैठकमार्फत अध्यादेश ल्याएपछि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।