कोरोना जस्तै भाइरल भयो नेकपा फुट्ने, पूर्व माओवादी मन्त्रीले राजीनामा दिने समाचार

 कोरोना जस्तै भाइरल भयो नेकपा फुट्ने, पूर्व माओवादी मन्त्रीले राजीनामा दिने समाचार

८ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण भन्दा तीब्र बेगमा आज एउटा समाचार सम्प्रेषण भयो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाउनका लागि राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउनका लागि मन्त्रीपरिषदले निर्णय ग¥यो । कतिपयले त पूर्व माओवादी मन्त्रीहरुले आज नै क्याविनेटबाट राजीनामा दिने भन्ने समाचार लेखे । 

केही नेताहरु प्रचण्ड निवास गएका पनि हुन । प्रधानमन्त्री र गृहमन्त्री बालुवाटारमा छलफलमा व्यस्त नै छन् । पार्टीको सचिवालयको वैठक ५ः३० वजे बालुवाटार बोलाउने निधो पनि भइसकेको छ । 

लकडाउन, राजनीतिक दल विभाजनसम्बन्धी विधेयकका बारेमा पनि छलफल हुँदैछ । यसबारेमा दुई अध्यक्षका बीचमा हिजो नै कुरा भएको खुमलटार स्रोतले बतायो । अहिले कुनै विवाद होइन सो स्रोतको दावी छ । 

पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्य हुने प्रावधान छ। सरकारले यसलाई फेरेर पार्टी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत सदस्य भए हुने व्यवस्था गर्न लागेको छ ।

राजनीतिक दलसम्बन्धी ऐेन २०७३ को दफा (३३) को उपदफा (२) मा कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन, भन्ने व्यवस्था छ।

सरकारले अध्यादेशमार्फत् यो व्यवस्थालाई संशोधन गरेर कुनै दलको केन्द्रीय समिति वा सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले बनाउन लगाएको हो ।  

यो पहिले नै हुनुपर्नेमा प्राविधिक रुपमा विधेयक बनाउँदा र भनेकोमा वा मात्र सच्याइएको बालुवाटार स्रोतको दावी छ । 

वास्तवमा नेकपा नफुट्ने र त्यसका लागि त हुँदै होइन खुमलटार स्रोतका दावी छ ।