अमेरिकी तेलको भाउ शुन्य मुनि माइनसमा
काठमाडौ । अमेरिकी तेल बजारको बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट तेल मूल्य शुन्य मुनि माइनसमा झरेको छ । सामान्य अर्थतन्त्र ध्वस्त भए बेला यो बजार शुन्य मुनि गएको हो ।
तेलका मागमा कमी र आपूर्तिको अवस्था प्रचुर भएका कारण अमेरिकी बेन्चमार्क १८.२७ अमेरिकी डलर प्रतिब्यारलबाट झरेर माइनस ३७.६३मा झ-यो ।
सन् १९८३मा न्युयोर्क मर्कान्टाइल एक्सचेन्ज शुरू भएयता पहिलो पटक क्रुड आयलको भविष्य सम्झौता पहिलो पटक सोमबार निगेटिभमा भएको यो पहिलो पटक हो ।
कोरोनाभाइरसले विश्वको अर्थतन्त्र ओरालो लाग्दै यो सन् १९३०को महामन्दी भन्दा गहिराइको पुछारसम्म झर्ने धेरैको विश्वास रहेको छ ।
विश्वको तेल भण्डारण क्षमता सीमासम्म पुगिरिहेको छ । तेल उत्पादक देश ओपेकले हालै तेल उत्पादन कटौती दैनिक ९७ लाख गरिरहेको अमेरिकी ऊर्जा विभागले जनाएको छ ।
मे महिनाका भविष्यका करार मंगलबार समाप्त हुने भएको छ ।लगानीकर्ताहरूले आफ्ना भार वहन गर्ने स्थान परिवर्तन गर्ने भएका छन् ।
प्रतिक्रिया