न्यूयोर्कमा कोरोनाभाइरसबाट हुने दैनिक मृत्यु दर घट्यो 

न्यूयोर्कमा कोरोनाभाइरसबाट हुने दैनिक मृत्यु दर घट्यो 

काठमाडौ । कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित अमेरिकी प्रान्त न्यूयोर्कमा दुई साता यता दैनिक मृत्यु दरमा पहिलो पटक कमी आएको देखिएको छ ।

अमेरिकाका अन्य प्रभावित प्रान्त न्यूजर्सी र कनेक्टीकटमा पनि दैनिक मृत्यु दरमा कमी आएको पाइएको छ ।

दैनिक मृत्यु  दरमा कमी आए पछि न्यूयोर्कका गर्भनर एन्डरू एम कुमो राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भेटवार्ता गर्ने भएका छन् । भाइरस परीक्षण र भाइरससँग लड्न चाहिने क्षमताहरूको विषयमा कुमोले ट्रम्पसँगको भेटमा छलफल गर्ने भएका हुन् ।

अप्रिल २ यता न्यूयोर्कमा कोरोनाभाइरसबाट दैनिक मर्नेको संख्यामा कमी आइ ५सय मुनि पुगेको हो । सोमाबार यो संख्या ४७८ रहेको देखियो । अप्रिल २ यता दैनिक मर्नेहरूको संख्यामा यो दैनिक मृत्यु सबै भन्दा कम हो ।

केही दिन यता कुमो न्यूयोर्कमा कोरोनाभाइरसको असर आफ्नो शीर्षमा पुगिरहेको र विस्तार घटदै जाने विश्वास गरेका थिए । भाइरस संक्रमितहरूको संख्यामा पनि कमी आउन अझ केही साता लाग्ने देखिएको छ ।

यो कमी कसरी आयो भन्ने जवाफ कसैलाइ थाहा नभएको उनले जनाए ।