अमेरिकी गुप्तचरहरू भन्छन् – "उत्तर कोरियाली नेता किम गम्भीर खतरामा”

अमेरिकी गुप्तचरहरू भन्छन् – "उत्तर कोरियाली नेता किम गम्भीर खतरामा”

काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ उन स्वास्थ्यसम्बन्धी गम्भीर खतरामा परेका छन् । उनी शल्यक्रिया पछि गम्भीर अवस्थामा पुगेको उत्तर कोरियाको निगरानी गरिरहेको अमेरिकी गुप्तचरहरूको समूह सम्बद्ध स्रोतले यो जानकारी दिएको हो ।

ती अमेरिकी अधिकारीहरूको अनुसार अप्रिल १५मा आयोजना गरिने आफ्नै  बाजेको जन्मजयन्ती समारोहमा किम उपस्थित हुन सकेनन् ।  उत्तर कोरियाली सरकारको सम्पन्न एक बैठकको चार दिन अघि देखि किमलाई नदेखिएको ती अधिकारीहरूले जनाएका छन् । 

धेरै धुमपान, मोटोपन र बढी कामले गर्दा उनको मुटुमा समस्या देखिएको थियो ।

दक्षिण कोरियामा आधारित दैनिक एनके अनलाइनले अप्रिल १२मा उत्तर कोरियाली नेता किमको मुटुसम्बन्धी शल्यक्रिया गरिएको थियो ।

सीएनएनले  किम गम्भीर खतरामा परेको  समाचारको स्वतन्त्र पुष्टि भने नभएको जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले यसबारे टिप्पणी गर्न इन्कार गरेको छ ।

उत्तर कोरियाली संस्थापक नेता तथा किमका बाजेको जन्मजयन्तीमा किम आफै उपस्थित हुन नसक्नुलाई उनी गम्भीर खतरामा रहेको बुझिएको हो ।