'राजनीतिक एकता चाहिएको छ बिभाजन होइन'
काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेकामा आपत्ति जनाएकी छिन्। सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै झाँक्रीले पार्टी विभाजन हुने दुस्वप्न देखेर अध्यादेश ल्याएको भए पनि त्यो अपराध भएको टिप्पणी गरेकी छिन्।
‘कमरेड ! कानुनले पार्टी फुट्न र रोक्न दुवै सक्छ, जसको पार्टी विभाजन गर्ने दुस्वप्न देखेर अध्यादेश ल्याएको भएपनि त्यो अपराध हो', उनले भनेकी छन्, 'किनकी आज हामीलाई राजनीतिक एकता चाहिएको छ विभाजन होइन।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन कुबुद्धी पलाएको भन्दै प्रश्न गरेकी छन्। 'पार्टी विभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउछ रे हो ? किन कुबुद्धी आएको ?' उनले प्रश्न गरेकी छन्।
प्रतिक्रिया