जर्मनीले चीनलाई एक खर्ब ३० पाउन्ड स्टर्लिङ बराबर कोरोना क्षति भुक्तानी गर्न बिल पठायो

जर्मनीले चीनलाई एक खर्ब ३० पाउन्ड स्टर्लिङ बराबर कोरोना क्षति भुक्तानी गर्न बिल पठायो

काठमाडौ । जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ ।

जर्मनीले चीनमाथि आक्रोश पोख्दै  कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले लिनुपर्ने भन्दै यो बिल पठाएको एक प्रमुख अखबारले जनाएको छ ।

फ्रान्स, बेलायत र अमेरिकाले कोरोनाभाइरस माथि आक्रोस पोख्ने लाइनमा जर्मनी उभिन पुगेको हो ।

कोरोनाभाइरसको उत्पत्ति स्थल अझ रहस्य नै रहे पनि चीनबाट फैलिएको आरोप अमेरिकाले लगाउँदै आएको हो ।  

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले भाइरस  जानी जानी फैलाएको भए त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

चीनले कुरो नलुकाएको भए यसलाई रोक्न सकिने बताउँदै ट्रम्पले भने “ गल्ती गल्ती हुन्छ । तर जानी जानी गरिएको भए यसको मूल्य चुकाउनुपर्ने हुन्छ ।”

बेलायतले अमेरिकी गुप्तचर अधिकारीहरूले वुहानमा रहेको प्रयोगशालाबाट भाइरस निस्केको दाबीलाई समर्थन गरेको छ ।

जर्मनीको सबैभन्दा ठूलो ट्याबलोइड अखबार बिल्डमा १ खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको बिलय चीनलाई पठाएको समाचार छापेको हो बिलमा पर्यटन घाटा नोक्सानी २७ अर्ब युरो, फिल्म उद्योग नोक्सानी ७।२ अर्ब युरो , जर्मनी विमान कम्पनी लुफ्थसानाको प्रतिघन्टा खर्च १० लाख युरो र जर्मनीको साना व्यवसायको नोक्सान ५० अर्ब युरो रहेको छ ।

यसैगरी जर्मनीको जीडीपी ४।२ प्रतिशतमा झरे प्रतिव्यक्ति नोक्सानी १५५० पाउन्डस्टर्लिङ हुने बिलको समाचारमा गणना गरिएको छ ।

चीनले यो बिललाई विदेशीप्रति आक्रोश उत्पन्न गराउने राष्ट्रवादी विचार भड्काउने भएको टिप्पणी गरेको छ ।