कुहिएको चामल, दाल वितरण गरेको अभियोगमा कलैयाका मेयर राजेश राय पक्राउ

कुहिएको चामल, दाल वितरण गरेको अभियोगमा कलैयाका मेयर राजेश राय पक्राउ

बारा, ९ बैशाख । गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।
उनले लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा कुहिएको चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको आरोप छ । 

मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ । उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।