बास्कोटाको बाँण कता सोझियो ? 'मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने ...'
काठमाडौं, ९ बैशाख । सरकारको सिफारिमा राष्ट्रपतिले जारी गरेको अध्यादेशको सर्वत्र पक्ष र विपक्षमा मत मतान्तर भइरहँदा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको बचाउ गरेका छन् ।
मन्त्री छँदा निकै छुद्र र कठोर बोलीका कारण चर्चाका शिखरमा हुने बास्कोटा यतिबेला पनि चुप भने लागेका छैनन् । उनले प्रधामन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित घरमै बसेर बालुवाटारमा रहेका प्रधानमन्त्रीको बोलिमा टेको थमाइरहेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत प्रम ओलीलाई खुला समर्थन गरेका छन् भने नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई भने घुमाउरो शैलीमा ब्यंग्य कसेका छन् । उनी लेख्छन्, 'कसैकसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उनीहरुकै समस्या हो । समस्या अध्यादेशमा होइन, उनीहरुको दोषि चश्मामा छ ।'
लोकतन्त्रमा जनताले दिने म्यान्डेटको सर्वोच्च स्थान हुन्छ भन्दै उनी लेख्छन्, 'जनअनुमोदनलाइ पंगु बनाउने तिकडम नचलोस भनेरै संसदिय दल वा निर्वाचित अथवा दल दर्ताका बखतको केन्द्रीय समिति वैधानिक हुने प्रावधान ल्याइएको हो । अहिलेको कानुनमा भएका बिकृती हटाउन अध्यादेश आएको हो । राज्यप्रणाली मजबुत बनाउने काम कुन पार्टीकोधोक्रोको मुख कति खुकुलो अथवा कसिलो छ भन्ने हेरेर गरिदैन ।'
प्रतिक्रिया