उदयपुरमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि
उदयपुर, ९ बैशाख । उदयपुरमा अर्को एक जनलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
३३ वर्षका पुरुष यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनाको सम्पर्कमा रहेका ब्यक्ति भएको जनाइएको छ ।
उनको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । अझै कतिपयको परीक्षण नतिजा आउन बाँकी नै छ ।
प्रतिक्रिया