अमेरिकाले ‘काम भिसा’मा रोक लगायो
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘काम भिसा’मा रोक आदेश जारी गरेका छन् ।
कोरोनाभाइरस महामारीका कारण अमेरिकामा २ करोड २० लाख भन्दा बढी अमेरिकीहरूलाई बरोजगार बनाएको छ ।
अमेरिकीहरूलाई रोजगार प्राप्त हुने गरी यो रोक आदेश जारी गरिएको छ ।
यो ६० दिने रोक आदेशले ‘ग्रिन कार्ड’आवेदनकर्तालाई रोक लगाउने छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार ह्वाइट हाउस प्रेस सम्मेलनलाई सम्बोधन गर्दै आफूले यस्तो रोक आदेश जारी गरेको जनाए।
उनले भने“ आप्रवासन रोकले अमेरिकामा रोजगारीका लागि पहिलो पंक्तिमा अमेरिकी हुने छन् । अमेरिकीलाई बेरोजगार राखी विदेशबाट श्रमिक बोलाउन गलत र अन्याय हुनेछ ।”
ट्रम्पले सोमबार यस्तो घोषणा गर्ने जनाएका थिए ।
प्रतिक्रिया