अध्यादेश र लकडाउनबारे ओली-प्रचण्ड-सांसदहरुबीच बालुवाटारमा छलफल

अध्यादेश र लकडाउनबारे ओली-प्रचण्ड-सांसदहरुबीच बालुवाटारमा छलफल

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा एक घण्टा लामो छलफल भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित गरेपछि दुई अध्यक्षबीच विवाद बढेको थियो । प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी मन्त्रीपरिषद् बैठकबाट अध्यादेश पारित गरेका थिए । 

बुधबार विहान एक घण्टा छलफल गरेका अध्यक्ष ओली र प्रचण्डले अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुदूरपश्चिमका सांसदहरुसँग सामूहिक छलफल गरिरहेका छन् । छलफल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित रहेको बालुवाटार श्रोतले जनाएको छ ।