नेपालमा ३ जना कोरोना रोगी थपिएको पुष्टि, संक्रमित संख्या ४५ पुग्यो
काठमाडौं, १० बैशाख। नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो।
प्रतिक्रिया